+
+

सर्वोच्चलाई प्रचण्डको खुल्ला जवाफ- मतपत्र दुईवटै हुन्

प्रदेश र केन्द्रमा बेग्लाबेग्लै मतपत्रको व्यवस्था गरिएको दाबी

खेमराज वली खेमराज वली
२०७४ कात्तिक ९ गते १६:०६

९ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतले प्रदेशसभा र प्रतिनिधिसिभाका लागि बेग्लाबेग्लै मतपत्र छाप्न आदेश दिइरहेका बेला माओवादी अध्यक्ष प्रचण्डले मतपत्र एउटै नभएर दुईवटा छाप्ने निर्णय भएको बताएका छन् ।

मतपत्रको विषयमा विवाद निकालेर प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव सार्ने प्रयत्न गरिएको भन्दै प्रचण्डले प्रदेश र प्रतिनिधिसभाको मतपत्र अलग-अलग नै भएको प्रष्ट पारेका हुन् ।

‘मतपत्र एउटै छ भनेर जो चर्चा चलेको छ त्यो सत्य होइन,’ विहीबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रचण्डले भने,’खाली प्राबिधिक सजिलोका लागि सर्वदलीय सहमतिमै एउटै सीटमा दुईवटा मतपत्र बनाउन लागिएको हो ।’

मतपत्र कस्तो बनाउने भन्ने विषयमा यस अघि नै प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका अन्य शीर्षनेताहरुबीच छलफल गरी सहमति गरिएको प्रचण्डको दावी छ ।

‘मतपत्रसम्बन्धी एउटा समझदारी बनाएर हामीले आयोगसँग आग्रह गरेका हौं । त्यसअनुसार मतपत्र तयार भएका छन्,’ प्रचण्डले भने, ‘यहाँ एउटा मतपत्र कि दुईवटा भनेजस्तो गरिकन विवाद गर्न खोजिएको छ, कडो प्ष्ट के छ भने मतपत्र दुईटै छन् । प्रदेशको र केन्द्रको अलग्गै मतपत्र छ ।’

माओवादी अध्यक्ष प्रचण्डले अगाडि भने- ‘खाली प्राविधिक सजिलोका लागि सर्वदलीय सहमतिबाट एउटै सीटमा दुईवटा मतपत्र बनाउने निर्णय गरिएको हो । तर, अलग अलग मतपत्र छन् । मतदाताले प्रदेशका निम्ति अलग्गै मतपत्रमा र केन्द्रका निम्ति अलग्गै मतपत्रमा मतदान गरेर सम्पूर्णरुपमा आफ्नो अधिकार प्रयोग गर्न पाउने कुरामा कुनै व्यवधान छैन ।’

लक्ष्मण पन्तको ‘आधुनिक नेपालको इतिहास’ पुस्तकको विमोचन कार्यक्रममा बोल्दै प्रचण्डले मतपत्रलाई विवादमा ल्याएर निर्वाचन प्रभावित पारे गम्भीर परिणाम आउने चेतावनी दिए ।

मतपत्रकै सन्दर्भमा प्रचण्डले संबैधानिक व्यवस्था अनुसार मनोनयन दर्ता भएसँगै संसद विघटन भइसकेकाले मनोनयन भइसकेको अवस्थामा निर्वाचन प्रक्रिया रोकिए विगठित संसद पनि ब्यूँतिने तर्क गरेका छन् ।

हेर्नुस् भिडियो

लेखकको बारेमा
खेमराज वली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?