Comments Add Comment

मृत्युपछि के हुन्छ ? पुनर्जन्मबारे विज्ञानले यसो भन्छ

मृत्युपछि के हुन्छ ? यो अन्त्यहिन प्रश्नको हो । अहिले सम्म यसको निचोड फेला पर्न सकेको छैन । यद्यपी के मानिन्छ भने, मृत्युपछि हामीले पुन जन्म लिन्छौ । धार्मिक शिद्धान्तले यसै भन्छ । तर, अब विज्ञान पनि यसमा सहमत देखिएको छ ।

पुनर्जन्मबारे अनुसन्धान

यसमाथि विश्वका अनेकन विश्वविद्यालयहरु तथा परामनोवैज्ञानिक अनुसन्धानक केन्द्रहरुले अनुसन्धान गरेका छन् । वर्तमानमा यसलाई फगत एउटा अन्धविश्वास होइन कि वैज्ञानिक तथ्यका रुपमा नै स्वीकारिएको छ ।

पुनर्जन्मलाई प्रमाणित गर्ने अनेक प्रमाण आज उपलब्ध छन् । यसमा सबैभन्दा ठूलो प्रमाण उर्जा संरक्षणको सिद्दान्त हो । विज्ञानको सर्वमान्य संरक्षण सिद्दान्तका अनुसार उर्जाको कुनै पनि अवस्थामा विनाश हुँदैन, मात्र यसको स्वरुप परिवर्तन हुन सक्छ ।

एउटा शरीरबाट अर्कोमा स्थान्तरण

जुन प्रकारले उर्जा नष्ट हुँदैन, त्यसैगरी चेतनाको पनि नाश हुँदैन । चेतनालाई वैज्ञानिक शब्दावलीमा उर्जाको शुद्धतम अवस्था भन्न सकिन्छ । चेतना एउटा शरीरबाट निस्केर अर्को शरीरमा प्रवेश गर्न सम्भव छ । र, पुनर्जन्मको सिद्धान्त पनि यही नै हो ।

पुनर्जन्मको दोस्रो प्रत्यक्ष प्रमाण पूर्वजन्मको स्मृतियुक्त बालबालिकाहरु हुन् । बालबालिकाहरुको पूर्वजन्मको स्मृतिको परीक्षा आजकाल दार्शनिक र परामनोवैज्ञानिकले गर्छन् । पूर्वजन्मको अनुभवबिना मोजार्ट चार वर्षको उमेरमा संगीत कम्पोज गर्न सक्ने थिएनन् ।

लर्ड मेकाले र विचारक मील हिँड्न जान्नुभन्दा अगाडि लेख्न जान्थे । वैज्ञानिक गब्स ३ वर्षका मात्रै थिए, जब नी पिताजीका गणितीय त्रुटीहरुलाई सच्याउँथे । यसबाट प्रमाणित हुन्छ कि पूर्वजन्ममा यी बालकले आफ्नो क्षेत्रमा महारत हासिल गरेका थिए ।

जन्मपछि पुनर्जन्म

सर्बप्रथम शिशु जन्म लिनासाथ रुन्छ । स्तनपान गराउनासाथ चुप लाग्छ । कष्टमा रुन्छ र अनुकुल अवस्थामा खुशी हुन्छ । शिशु हाँस स्वत तैरिन सिक्छ । यसप्रकारका घटनाहरुले हामीलाई यो सोच्नका निम्ति बाध्य गर्छ कि हरेक जीवनले पूर्वजन्मको संस्कार लिएर आएको हुन्छ । अन्यथा भर्खर जन्मेको शिशुलाई रुन कसले सिकाएको थियो ?

डा. स्टिभेन्सनलले आफ्नो अनुसन्धानका दौरान केही यस्ता मामला पनि देखे, जसमा व्यक्तिको शरीरमा उसका पूर्वजन्मका चिन्ह मौजुद थिए । आत्माको रुपान्तरण त बुझ्न सकिन्छ, तर, शारीरिक चिन्हको पुनः प्रकट एउटा रहस्यकै कुरा हो ।

डा. हेमेन्द्र नाथ बेनर्जीको भनाईमा कहिलेकाहीँ वर्तमान बिमारीको कारण अघिल्लो जन्ममा पनि हुन सक्छ । श्रीमती रोजन बर्गको उपचार यसै प्रकारले भएको थियो । आगो देख्नासाथ थर्थरी काँप्ने ती महिलाको कुनै डाक्टरले उपचार गर्न सकेनन् । थाकेर उनी मनोचिकित्सककहाँ पुगिन् । मनोचिकित्सकले उनलाई सम्मोहित गरेर पूर्वजन्मको याद दिलाए । त्यतिबेला रोजन वर्गले भनिन् कि अघिल्लो जन्ममा उनी जलेर मरेकी थिइन् । त्यसपछि मनोपरामर्शद्वारा उनी विसेक भइन् ।

सम्पूर्ण विश्वका धर्म, बर्ग, जाति तथा समाजमा पुनर्जन्मको सिद्दान्तलाई कुनै न कुनै रुपमा स्वीकारिएको छ । अन्ततः यस कम्प्यूटर युगमा पनि यो स्पष्ट छ कि पुनर्जन्मको सिद्दान्त विज्ञानसम्मत हो । आत्मा एक अदृष्य कम्प्यूटर हो भने शरीर एक रोबोट हो । हामी कर्मको माध्यमले कम्प्यूटरमा जस्तो प्रोग्राम फिट गर्छौं, त्यस्तै फल प्राप्त गछौंर्ं । कम्प्युटरले पुरानो रोबोट बिगि्रएपछि आफ्नो कर्मको हिसाबले नयाँ रोबोट बनाउँछ ।

पुनर्जन्मको विपक्षमा पनि अनेक तर्कहरु छन् । यो रहस्य शब्दद्वारा सुल्झाउन सकिंदैन  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment