+
+

नर्भिक अस्पताल पुगे प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर ३ गते १२:२०

३ मंसिर, काठमाडौं । पुत्र शाेकमा रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नर्भिक अस्पतला पुगेका छन् ।

पुत्र प्रकाश दाहालको निधन भएपछि प्रचण्ड झापाबाट लाजिम्पाटस्थित निवास गएर नर्भिक अस्पताल पुगेका हुन् ।

प्रचण्ड भरतपुर महानगरपालिकाकी मेयर, छोरी रेणु दाहालसहित नर्भिक अस्पताल पुगेका हुन् । प्रचण्ड चुनावी कार्यक्रमका लागि झापामा थिए ।

पुत्र प्रकाशको निधन भएको खबर पाए लगत्तै प्रचण्ड चुनावी कार्यक्रम छोडेर फर्किएका हुन् । प्रचण्ड अस्पताल पुगेसँगै प्रकाशको निधन बारे पत्रकार सम्मेलनको तयारी गरिएको छ ।

नर्भिक अस्पतालमा अाफन्त र बिभिन्न राजनीतिक दलका नेताहरू समेत पुगिसकेका छन् ।

पत्रकार सम्मेलनपछि प्रकाशको पार्थीव शरीर अन्तिम श्रद्धान्जलीका लागि माअोवादी पार्टी कार्यालय पेरिसडाँडामा राखिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?