
४ मंसिर, काठमाडौं । अन्तर्राष्ट्रिय बाल दिवसको सन्दर्भ पार्दै बाल अधिकारका लागि राष्ट्रिय अभियानले सार्वजनिक सवारी साधनमा कार्यरत् १० जना बालश्रमिकको उद्दार गरेको छ ।
सोमबार ललितपुरको हरिहर भवन चोकबाट सार्वजनिक सवारीमा कार्यरत् उनीहरुलाई उद्दार गरिएको हो ।
बालबालिका खोजतलास तथा समन्वय केन्द्रको हटलाइन १०४ र प्रहरीसँगको सहकार्यमा बालश्रमिकलाई उद्दार गरिएको अभियानका बालश्रम उपसमिति संयोजक धिरज जोशीले अनलाइनखबरलाई बताए ।
बालश्रमको विरोधमा भेला भएका बाल अभियन्ताहरुले बालश्रमबिरुद्ध निधारमा कालो पट्टी बाँधेर विरोध जनाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4