+
+
WC Series
लुम्बिनी लायन्स 2025
121/6 (17.5)
VS
१३ बलमा १२ रन आवश्यक
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

सरकारले व्यवधान गरेको छैन, अभिव्यक्ति मात्र अनुचितः ओली

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष ६ गते १४:३५
फाइल तस्वीर

६ पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकार गठनमा संवैधानिक जटिलता नरहेको दाबी गरेका छन् ।

प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचनको परिणाम सार्वजनिक हुनेवित्तिकै राष्ट्रपतिले सरकार गठन प्रक्रिया अघि बढाउनु पर्ने उनले बताए । बालकोटस्थित आफ्नै निवासमा कुरा गर्दै ओलीले भने, ‘कुनै संवैधानिक जटिलता छैन । आफ्नो प्रक्रियाबाट अघि बढ्छ । सरकार गठन परिर्वतन प्रतिनिधिसभाको स्वतन्त्र विजनेश हो ।’

निर्वाचन आयोगले प्रक्रिया नै पुरा गर्न बाँकी रहेको उनले बताए । ओलीले भने, ‘काम चलाउ सरकारले व्यवधान गर्‍यो भनेको होइन। खाली अभिव्यक्ति अनुचित छ ।’

एमाले अध्यक्ष ओलीले माओवादी केन्द्रसँग छिट्टै पार्टी एकता हुने बताए । उनले भने, ‘वाम एकता होइन, पार्टी एकता गर्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?