Comments Add Comment

जाडोमा ख्याल गरौं, बन्द कोठामा आगो ताप्नु कति हानीकारक


जाडोमा शरीरलाई न्यानो राख्न हिटर तापिन्छ, खासगरी शहरतिर । गाउँघरतिर आँगो ताप्ने गरिन्छ, जहाँ दाउरा उपलब्ध हुन्छ । शहरमा पनि हिटर नभएको अवस्थामा कोइला बालेर घर-कोठा न्यानो बनाइन्छ ।

शरीरको तापमान मिलाउनका लागि जाडोमा आगो वा ताप आवश्यक हुन्छ । तर, त्यसको कसरी प्रयोग गर्ने वा शरीरलाई कसरी न्यानो बनाउने भन्ने कुरामा ज्ञान हुनुपर्छ । यदि त्यसो भएन भने स्वास्थ्यलाई हानी गर्छ ।

खासगरी कोठाभित्र झ्याल ढोका बन्द गरेर आगो ताप्नु घातक हुनसक्छ ।

यसकारण ज्यानै जोखिममा

हामीले सुनेको वा देखेका छौ, जाडो याममा यसरी झ्याल ढोका बन्द गरेर आगो ताप्दा ज्यान नै गुमाउनु परेको । खासमा कोइला, हिटर तथा आगो बाल्दा कार्वनमोनोअक्साइड नामक ग्यास उत्पादन हुने गर्दछ । यस्ता ग्यास वायुमण्डलमा फैलिएपछि सास फेर्न गाह्रो हुन्छ । निसासिने गरिन्छ ।

अझ बन्द कोठामा भेान्टिलेटर (हावा आउजाउ गर्ने ठाउँ) नभएको ठाउँमा यस्ता प्रयोग गर्नाले आगोबाट निस्कने कार्वन मोनोअक्साईड कोठाबाट बाहिर निस्कन पाउँदैन, जसले गर्दा सास निसासिएर मृत्यु समेत हुने गर्दछ ।

छालालाई हानी

त्यतिमात्र होइन, बन्द कोठामा लामो समयसम्म आगो ताप्नाले छालाको समेत समस्या निम्तने छाला रोग विशेषज्ञहरु बताउँछन् ।  वरिष्ठ छाला रोग विशेषज्ञ  अनुसार अधिक समयसम्म हिटर वा आगोको सामुन्ने बस्नाले छाला सुख्खा हुने समस्या हुने गर्दछ । यसबाहेक, आगोकै कारण कपालमा चाया पर्ने समेत हुन्छ ।

कसरी गर्छ कार्वन मोनोअक्साईडले समस्या ?

चिकित्सकका अनुसार कार्वन मनोअक्साइड एक प्रकारको विषालु ग्यास हो । विना भेन्टिलेटर बन्द कोठामा यस्ता उपकरण प्रयोग गरेको खण्डमा अक्सिजनको साथमा यस्ता विषालु ग्यास समेत सेवन हुने गर्छ ।

जब यस्ता विषालु ग्यास शरीर भित्र प्रवेश गर्छ, त्यतिबेला यस्ता ग्यास शरीरमा भएको हेमोग्लोविनसित मिसेर कार्वोक्सीहेमोग्लोविनमा परिणत हुने गर्छ ।

विशेषगरी, रगतमा हुने रातो रक्तकोषिका, अक्सिजनको तुलनामा कार्वन मोनोअक्साइड पहिले मिसिने गर्दछ । जसले गर्दा अक्सिजनको तुलनामा कार्वन मोनोअक्साइड धेरै भएको ठाउँमा यस्ता तत्व अक्सिजनका तुलनामा रगतमा पहिले घोलिने गर्दछ ।

रगतमा अक्सिजनको सट्टा कार्वन मोनोअक्साइडको परिणाम ज्यादा भएमा रगतमा अक्सिजनको मात्रा कम हुन्छ, जसले गर्दा हाइपोक्सियाको स्थिति बन्छ, जसले शरीरका कोषिकालाई नष्ट पारी ज्यानै जाने सम्मको खतरा बढ्ने गर्छ ।

शरीरमा कार्वन मोनोअक्साईड धेरै भएको सुरुवाती लक्षण 

आफु बसेको ठाँउ वरिपरि कार्वन मोनोअक्साइडको मात्रा बढी भएमा यस्ता लक्षण देखा पर्ने गर्दछ ।

चक्कर लाग्ने

टाउको दुख्ने

टाउको भारी हुने

वान्ता आउने

आँखामा जलन हुने

सास फेर्नमा कठिनाई

कसरी जोगिने ?

यदी तपाई ग्यास हिटर, एसी, प्रयोग गर्दै हुनुहुन्छ भने सबैभन्दा पहिले भेन्टिलेटरलाई विशेष ध्यान दिनुहोस् । बन्द कोठामा काठ, दाउरा वा कोयलाको प्रयोगबाट बचौं । त्यस्तै, हिटर वा व्लोअरको प्रयोगबाट समेत बचौ । यस्ता वस्तुको अधिक प्रयोग स्वास्थ्यका लागि हानीकारक हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment