+
+

काठमाडौंको जडिबुटीमा स्कुटर चोर्दै गर्दा एक युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष १४ गते १४:०२

१४ पुस, काठमाडौं । काठमाडौंको जडिबुटीमा पार्किङ गरेर राखेको स्कुटर चोरी गर्दै गर्दा एक जना युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ओखलढुंगाको रगानी घर भइ हाल काठमाडौंको बौद्ध बस्दै आएका ३० वर्षीय दावा शेर्पा छन् ।

गएराति काठमाडौं–३२, जडिबुटीस्थित स्माइला डान्सबार अगाडि पार्किङ गरी राखेको बा ५० प १७७ नम्बरको स्कुटर चोरी गर्दै गरेको अवस्थामा उनलाई महानगरीय प्रहरी प्रभाग, कोटेश्वरको प्रहरी टोलीले पक्राउ गरेको हो ।

उनको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?