Comments Add Comment

शीतलहर प्रभावित तराईका २२ जिल्लामा राहत घोषणा

२४ पुस, काठमाडौं । सरकारले तराईका २२ जिल्लामा केही दिनदेखि बढेको चिसो तथा शीतलहरको मारमा परेका सर्वसाधरणलाई २ करोड २२ लाख रुपैयाँ बराबरको राहत वितरण गर्ने निर्णय गरेको छ ।

सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा गृह मन्त्रालयले उक्त निर्णय गरेको हो । गृह मन्त्रालयले तराईका २२ जिल्लामा एउटा जिल्लामा १० लाख रुपैयाँको कम्मल, दाउरा लगायतका न्यायनो सामाग्री वितरण गर्ने निर्णय गरेको हो ।

गृहले सोमबार नै सरकारको मौजदातमा रहेका कम्मल लगायतका समाग्रीहरु पनि तत्काल तराईका २२ जिल्लामा पठाउने तयारी गरेको छ । ‘प्रधानमन्त्रीको निर्देशमन तराईमा २२ जिल्लामा तत्काल २ करोड २२ लाख रुपैयाँ बराबरको राहत वितरण गर्ने निर्णय भएको छ’ गृह सचिव मोहोनकृष्ण सापकोटाले भने, ‘राहत वितरणको कार्य आजैदेखि सुरु हुन्छ, केन्द्रबाट कम्मल लगायतका सामाग्री जाने क्रम सुरु भइसकेको छ ।’

गृहले जिल्लास्थित स्थानीय विपत व्यवस्थापन समितिको सिफारिसमा उक्त राहत वितरण गर्ने निर्देशन समेत गरेको छ । गृहले तत्काल केन्द्रीय दैवी प्रकोप उद्दार कोषबाट उक्त रकम वितरण गर्ने भएको हो ।

गृह मन्त्रालयले काठमाडौंस्थित मानवीय सहायता कक्ष र सशस्त्र प्रहरीसँग मौज्दात रहेका न्यानो कपडा वितरण पनि सुरु भएको जनाएको छ । ‘मौज्दात रहेका न्याना कपडाहरु आजैदेखि जिल्ला जान सुरु भएको छ’ सापकोटाले भने ‘सशस्त्रको ट्रकबाट ढुवानी सुरु भइसकेको छ ।’

गृहले तराईमा स्कुल लगायतका सार्वजनिक भवनमा बालबालिका र बुढापाकालाई न्यानोमा राख्न अस्थायी सेल्टर खडा गर्न सम्वन्धित जिल्लालाई निर्देशन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment