+
+

धनकुटामा अनिश्चितकालीन कर्फ्यू आदेश जारी

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ ४ गते १२:३६

३ माघ, काठमाडौं । धनकुटामा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको छ । प्रदेश नं. १ को राजधानी धनकुटा हुनु पर्ने मागसहित सुरु भएको आन्दोलनले बिहीबार उग्र रुप लिएपछि अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय, धनकुटाका प्रमुख एसपी सुदिपराज भण्डारीले जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालिन कर्फ्यू अादेश जारी गरेकाे अनलाइनखबरलाई बताए ।

उनका अनुसार पश्चिममा घुमाउने चौतारा, उत्तरमा देब्रेवास र दक्षिणमा पातले खोलासम्म कफ्यू लगाइएको हो ।

आन्दोलनका क्रममा भएको झडपमा ३ जना घाइते भएका छन् । आन्दोलनकारी र प्रहरीबीच अहिले ढुंगा हानाहान भइरहेको छ ।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दर्जनौं सेल अश्रु ग्यास प्रहार गरेको छ भने लाठी चार्ज समेत गरिएको छ ।

यो पनि पढ्नुस्

धनकुटा तनावग्रस्तः आन्दोलनकारीले क्षेत्रीय प्रशासन कार्यालयमा आगो लगाए

धनकुटामा अान्दाेलनकारी र प्रहरीबीच झडप, ३ जना घाइते

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?