११ माघ, काठमाडौं । बलिउड अभिनेता सलमान खानको ‘बिइङ ह्यूमेन’ ब्राण्डको नेपाल विक्रेता राजु थापा क्षेत्र पक्राउ परेका छन् ।
उनलाई बुधबार दरबारमार्गबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख दिवेश लोहोनीले अनलाइनखबरलाई बताए ।
दरबारमार्गमा बिइङ ह्यूमेन क्लोथिङ स्टोर सञ्चालन गर्दै आएका थापा चेक बाउन्सको जाहेरीपछि पक्राउ परेका हुन् । उनले १५ लाख रुपैयाँको बाउन्स चेक दिएको उजुरी परेको छ ।
उनले बलिउड अभिनेता खानको नाम लिएर अरुसँग पनि ठगी गरेका हुन सक्ने प्रहरीको आंशका छ । प्रहरीले अहिले बैकिङ कसुर अन्तरगत मुद्दा चलाएर अनुसन्धान अघि बढाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4