+
+

प्रधानमन्त्रीले नैतिकता देखाएर राजीनामा दिनुपर्छ : डा. कोइराला

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ १८ गते १४:३४

१८ माघ, विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले प्रधानमन्त्री शेरबहादुर देउवालाई नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका छन् ।

उनले राजीनामा दिएर काम चलाउ सरकारको रुपमा काम गर्न देउवालाई सुझाव दिएका छन् । विराटनगरस्थित कोइराला निवासमा बिहीबार प्रेस युनियनले गरेको कार्यक्रममा उनले भने ‘जनताले हाम्रो पार्टीलाई अहिले प्रतिपक्षमा बस्न म्यान्डेट दिएको छन्, यो अवस्थामा नैतिकता भएको खण्डमा प्रधानमन्त्री देउवाले पदबाट राजीनामा दिएर काम चलाउ सरकारको प्रधानमन्त्रीका रुपमा बस्नु उचित हुनेछ ।’

डा. कोइरालाले देउवा अलोकतान्त्रिक बनेको र उनीसँग नैतिकतासमेत नभएको आरोप लगाए । जनमत नपाएको सरकारले तत्काल राजीनामा दिएर कामचलाउ बन्दै बस्नु पर्नेमा महत्वपूर्ण र दूरगामी निर्णय गर्दै सभापति देउवा सरकारमा बसेकोमा कोइरालाले आक्रोशसमेत ब्यक्त गरे ।

‘नैतिकता संस्थासँग हैन, व्यक्तिसँग रहन्छ, उहाँको स्थानमा म भएको भए राजीनामा दिएर कामचलाउ भइसक्थेँ’ नेता कोइरालाले भन्ने ।

कोइरालाले लोकतान्त्रिक पार्टी कांग्रेस नेतृत्वको सरकार कामचलाउ बनेपछि गरेका कतिपय निर्णयहरु लोककल्याणकारी लागे पनि त्यसले देशलाई आर्थिक समस्यामा फसाउने बताए ।

बृद्धभत्ता, दलित, एकल महिला भत्तामा बृद्धि र उमेर हद निर्धारण तथा राजनीतिक नियुक्तिहरु गर्नु गलत कार्यशैलीको उपज भएको भन्दै उनले यी निर्णयहरु देशको हितमा नभएको बताए ।

देशले आर्थिक भार थेग्न नसक्ने गरी गरीएका निर्णयप्रति आफूलाई पनि असजिलो लागेको कोइरालाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?