+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
147/6 (20)
VS
Biartnagar Kings won by 6 wickets
Won विराटनगर किंग्स 2025
150/4 (11.5)
Shares

बंशज नागरिकता माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

सुरेश बिडारी सुरेश बिडारी
२०७४ माघ १८ गते १७:४४

१८ माघ, वीरगञ्ज । पर्साका अधिकारकर्मीहरुले जन्मसिद्ध नागरिकता भएका आमा वा बाबुका सन्तानलाई नेपाली नागरिकता प्रमाणपत्र प्रदान गर्नुपर्ने भन्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन् ।

बिहीबार दिउँसो विभिन्न अधिकारकर्मी सम्बद्ध संस्था तराई मानव अधकार संरक्षण सञ्जाल (थर्ड एलायन्स) पर्साको पहलमा प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको हो ।

नेपालको संविधानको धारा १० को उपधारा १ मा कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित नगरिने प्रावधान रहेपनि जिल्लाबाट जन्मसिद्ध नागरिकताधारीका सन्तानले वंशजको नेपाली नागरिकता पाउन नसकेकाले ज्ञापनपत्र मार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको थर्ड एलायन्सका पर्सा संयोजक आँशु सर्राफले बताए ।

‘उच्च अदालत जनकपुरले पनि आमा वा बुवा नेपाली नागरिक भए बिना कुनै संकोच सन्तानलाई वंशज नेपाली नागरिकता प्रदान गर्न आदेश गरिसकेको छ तर पनि जिल्ला प्रशासन कार्यालयहरुले नागरिकता दिन आलटाल गरिरहेका छन्,’ सर्राफले भने, ‘संविधानमा कानुन हुँदा हुँदै पनि हजारौं नागरिकको भविष्य संग खेलवाड भईरहेकोले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हौं ।’

जिल्ला अधिकारीहरुले उच्च अदालतको आदेश समेत अटेर गरेकोलेे अब जिल्ला प्रसाशन कार्यालय बिरुद्ध अदालतको अवहेलना मुद्दा दायर गर्ने तयारी भइरहेको उनको भनाइ छ ।

ज्ञापनपत्रमा नागरिकता प्राप्त गर्नबाट वञ्चित भएका रोहित सर्राफ, किरण झा, रोशन शर्मा, स्विटी चौरसिया, सुन्नी साह, एलायन्सका पर्सा संयोजक आँशु सर्राफसहित ११ जना विभिन्न पेशाकर्मी एवं अधिकारकर्मीले हस्ताक्षर गरेका छन् ।

प्राप्त ज्ञापनपत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइएको प्रमुख जिल्ला अधिकारी सिंहले जानकारी दिए ।

लेखक
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?