+
+

पेस्तोल देखाएर महिलालाई लुटपाट गर्न खोज्ने युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन ८ गते १२:३१
साङ्केतिक तस्वीर

८ फागुन, काठमाडौं । रुपन्देहीको देवदह–१०, घोडाहास्थित जंगलमा गाइवस्तु चराउन गएका महिलाहरुलाई पेस्तोल देखाएर लुटपाट गर्न खोज्ने एक व्यक्ति पक्राउ परेका छन् । अर्का एक जना फरार छन् ।

पक्राउ पर्नेमा काठमाडौं गोलढुङगाका ३८ वर्षीय अर्जुन शर्मा छन् ।

उनलाई एक थान कटुवा पेस्तोल र २ राउण्ड गोलीसहित प्रहरीले पक्राउ गरेको हो ।

शर्मा र भारत घर भएका २८ वर्षीय राधे चौधरीलेमहिलाहरुलाई लुटपाट गर्न खोजेका थिए । फरार राधेको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?