+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

गुल्मीमा सशस्त्र प्रहरी अब आफ्नै भवनमा

निस्वार्थ भावनाले कर्तव्यमा जुट्न एआईजी शाहीको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन २१ गते १५:११

२१ फागुन गुल्मी । सशस्त्र प्रहरी बल गुल्मीको आफ्नै भवन निर्माण भएको छ । भवनको एक समारोहका बीच सोमबार उद्घाटन गरिएको छ ।

सशस्त्र प्रहरी प्रधान कार्यालयका सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) प्रेमकुमार शाहीले जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर १२ मा रहेको भवनको उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै अतिरिक्त महानिरीक्षक शाहीले देश र जनता रहे आफुहरु सुरक्षा निकाय रहने बताउँदै सशस्त्र प्रहरी परिवारलाई हरबखत देश र जनताको पक्षमा रहन निर्देशन दिए ।

उनले व्यक्तिगत स्वास्र्थ सामन्य घरेलु कुरा मात्र भएको भन्दै व्यक्तिगत स्वास्र्थमा नलागेर निस्वार्थ भावनाले कर्तव्यमा जुट्न निर्देशन दिएका छन् ।

उद्घाटन सत्रमा भवन निर्माणको प्रतिवेदन पेश गर्दै गुल्मपति डीएसपी प्रेमप्रकाश सिग्देलले २०७० सालको निर्वाचनमा सुरक्षाका लागि परिचालन हुन आउँदा सशस्त्र प्रहरीका १६० जनाको टोली कष्टकर रुपमा नेपाल टेलिकमको खाद्य गोदाममा अटिनअटी बस्नु परेको बताए ।

निर्वाचनका लागि मात्र खटिएको उक्त टोलीलाई जिल्लामै राख्नु पर्ने माग भए बमोजिम मन्त्रिपरिषद्को निर्णय गरेर गुल्मीमा गुल्म स्थापना भएको बताउँदै उनले जिल्लाको सर्वपक्षीय बैठकले उर्लेनीको रानीपोखरीमा वन कार्यालयको स्वामित्वमा रहेको ८२ रोपनी मध्ये सशस्त्र ब्यारेकका लागि ४२ रोपनी दिइएको बताए ।

उक्त क्षेत्र फलमा अहिले कार्यालय भवन, अधिकृत निवास, स्टोरसहित मेश, क्वाटर गार्ड, जवानहरुको व्यारेक दुई वटा, शौचालय सहित ७ वटा भवन तीन करोड ५८ लाख ८३ हजार लागतमा आशिष समिर जेभी भरतपुर चितवनको कन्टक्सन निर्मार्ण कम्पनीले निर्माण गरेको डीएस सिग्देलले जानकरी दिए ।

२०७४ बैशाख २३ गतेका दिन भवनको शिलन्यास पश्चिम क्षेत्रीय मुक्तिनाथ वाहिनीका तत्कालीन वाहिनीपति डीआईजी सुवोध अधिकारीले गरेको उनले बताए ।

पश्चिम मुक्तिनाथ वाहिनीका निमित्त वाहिनीपति एसपी मदनसिंह विष्टले उक्त निमार्ण कम्पनीले समयमै मापदण्ड अनुरुपको काम गरेको प्रति धन्यवाद दिएका थिए ।

उद्घाटन समारोहमा सशस्त्र प्रहरी बल गुल्मीले भवन निमाणमा योगदान पुराउने व्यक्तिहरुलाईर् सम्मान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?