
२७ फागुन, काठमाडौं । ‘बोक्सी’को आरोपमा कुटपिट गर्नेहरुलाई छाडेको भन्दै सुख्खड इलाका प्रहरी कार्यालयका निमित्त प्रमुख दिनेश विष्ट निलम्बनमा परेका छन् ।
प्रदेश प्रहरी कार्यालयले सई विष्टलाई निलम्बन गर्न सिफारिस गरेको हो । उनलाई कारवाही गरी हेडक्वार्टरलाई जानकारी गराइएको प्रदेश प्रहरी प्रमुख एआईजी माधवप्रसाद नेपालले बताए ।
आफूलाई बाबा बताउने रामबहादुर चौधरीले झरफुकका नाममा २० वर्षीया राधा चौधरीलाई कुटपिट गरेका थिए । सुख्खड प्रहरीले चौधरीलाई पक्राउ गरेपनि स्थानीय जनप्रतिनिधिको रोहबरमा छाडेको थियो । तर, अहिले चौधरी फेरि पक्राउ परेका छन् ।
यो पनि पढ्नुस्
‘बोक्सीकाण्ड’मा मिलापत्र गराउने मेयरमाथि एमालेले कारवाही थाल्यो
झाँक्रीसँग ८ दिनका लागि बिहे गरेको बताउने ‘पार्वती’ पक्राउ
बोक्सी आरोपमा कुटिएकी राधाको उपचार खर्च सरकारले व्यहोर्ने
राधामाथि ६ घण्टा लगातार मुड्की र लात बर्सियो, गाउँले रमिता मात्र हेरिरहे (भिडियोसहित)
प्रतिक्रिया 4