+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

प्रचण्डलाई बाबुरामको जवाफ : कुर्सीका लागि माओवादीलाई एमालेमा होम्दै हुनुहुन्छ

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत १ गते १३:०४

१ चैत, काठमाडौं । बिहीबार विहान नयाँ शक्ति पार्टीका १९ कार्यकर्तालाई माओवादीमा स्वागत गर्दै अध्यक्ष प्रचण्डले संयोजक डा. बाबुराम भट्टराईलाई पनि फर्किन आग्रह गरे ।

उनले बाबुरामले माओवादी छाडेर गम्भीर गल्ती गरेकोसमेत टिप्पणी गरे । प्रचण्डको आग्रहको केही समयपछि नै डा. भट्टराईले ट्विटरमार्फत कडा जवाफ दिएका छन् ।

उनले प्रचण्डले सिंगो माओवादीलाई नै एमालेमा होम्न लागेको भन्दै आफू नहोमिने संकेत गरेका छन् ।

स्कुलमा पढेको कविता पेड पाइपर अफ ह्यामलिनमा मुरलीवादकले सहरका सबै मुसाहरुलाई आफ्नो धुनको पछि लगाएर समुद्रमा होमेको स्मरण गर्दै भट्टराईले प्रचण्डले आफ्नो स्वार्थका लागि पुरै माओवादी शक्तिलाई एमाले नामको समुद्रमा होम्न लागेको बताएका छन् ।

प्रचण्डले अनेक कुतर्क गरेर कुर्सीका निम्ति माओवादीलाई एमालेमा होम्न लागेको भट्टराईको भनाइ छ । भट्टराईले प्रचण्डलाई जवाफ दिएका छन्‍ ‘अबका ‘मुसा’ लाटा छैनन् ।’

प्रचण्डले केही दिनअघि पनि भट्टराईलाई लाज नमानी माओवादीमा फर्किन आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?