बलिउडकी एक जमानाकी चर्चित अभिनेत्री रेखाको अमिताभ बच्चनसँग गहिरो प्रेम थियो । तर त्यो प्रेम सफल हुन सकेन । प्रेम टुटेपछि यो जोडी कहिल्यै सँगै देखिएन ।
तीनै अमिताभकी बुहारी ऐश्वर्या रायसँग रेखाको सम्वन्धबारे भने धेरैलाई जानकारी नहुन सक्छ । मुम्बईमा आयोजित एउटा अवार्ड कार्यक्रममा ऐश्वर्याले रेखालाई ‘आमा’ भनेर सम्बोधन गरिन् । त्यसबाट धेरैको उत्सुकता बढेको थियो ।
यसैबीच, हालै रेखाले एउटा म्यागजिनमा ऐश्वर्यालाई चिठी लेखेकी छिन् । रेखाले चिठीको सुरुवातमा लेखेकी छिन्, ‘मेरी ऐश, तिमी जस्ती महिला नदीजस्तै हो । बिना कुनै सहयोग आफै अगाडि बढ्न सक्छ्यौ र तिमीले कहिल्यै आफ्नो पहिचानलाई गुम्न दिने छैनौ ।’
उनले अगाडी लेखेकी छिन् ‘तिमीले जे भन्छ्यौ मान्छेहरु भुल्छन् । तिमीले के गर्यौ त्यो पनि भुल्छन् । तिमी एउटी बलिरहेको मसाल हौ । तिमीमा साहस र हिम्मत छ अगाडी बढनका लागि । तिमिले हमेशा नैतिकता पालना गरेकी छ्यौ । तिमी आफैंमा सम्पूर्ण हौ । तिमीलाई कुनै पनि कुराको साबित गर्नु जरुरी छैन । ऐश्वर्यालाई ‘बेबी’ सम्बोधन गर्दै रेखाले लेखेकी छिन् ‘तिमीले निकै लामो यात्रा गर्यौ । तिमीले केही अवरोध पनि सामना गर्नु पर्यो तर, बहादुरीका साथ सामना गर्यौ ।’
‘म तिमीप्रति कति गौरब महसुस गर्छु भन्ने म शब्दमा ब्यक्त गर्न सक्दिनँ । तिम्रो सिंगो मुहारले मलाई सँधै आकषिर्त गर्छ । तिमीले सबै खाले चरित्र सानदार ढंगले निर्वाह गरेकी छ्यौं । तिमीले मैलेभन्दा राम्रोसँग आमाको भूमिका निर्वाह गरेकी छ्यौ । तिमीले आराध्याका लागि जुन खुसी दिएकी छ्यौ तिमीलाई मेरो आर्शिवाद छ ।’
प्रतिक्रिया 4