९ चैत, सिमरा । बाराको जितपुरसिमराको सिमरास्थित दूरसञ्चार चोकमा शुक्रबार बिहान सवारी दुर्घटना हुँदा १ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
सिमराबाट पथलैया जाँदै गरेको ना ७ ख २३३९ नम्बरको ट्रिपरले विपरीत दिशाबाट आउँदै गरेको ना १९ प ३८४१ नम्बरको यामाहा ग्लाडिएटर मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
मृतक र घाइते दुबैको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । घाइतेको उपचारका लागि सिमरास्थित अल्पाइन अस्पताल सिमरामा पुर्याइएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रिपर र चालक इलाका प्रहरी कार्यालय सिमराको नियन्त्रणमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4