
१९ चैत, काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक सवारीका साधानमा गीत संगीत नबजाउन आहृवान गरेको छ ।
यातायात व्यवस्था विभागले संगीत रोयल्टी तथा मनोरञ्जन कर लिने गरी निर्देशिका जारी गरेपछि महासंघले यातायात व्यवसायी तथा मजदुरहरुलाई गीत संगीत नबनाउन आहृवान गरेको हो ।
महासंघले सरकारले संशोधन गरेको यातायात व्यवस्था कार्यविधि निर्देशिकाका सम्बन्धमा छलफल गर्न चैत २६ गते परिषद बैठक पनि बोलाएको छ ।
बैठकले सरकारले यातायात व्यवस्था विभागमा पञ्जीकरण नभएका सवारीको रुट नवीकरण र दर्ता नगर्ने गरी निर्णयको समीक्षा गर्नेछ ।
(गाडीमा गीत बजाएवापत रोयल्टी तिर्नुपर्ने, वर्षमा २० करोड उठ्ने )
हेर्नुस् विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4