+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

बीमाले नेतृत्व लिएपछि बजारमा उछाल

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख ३ गते १५:३२

३ वैशाख, काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीले दुई सय ४० प्रतिशत हकप्रद सेयर दिने घोषणा गरेसँगै बीमाले नेतृत्व लिदा सेयर बजार सूचक नेप्से १७.४२ अंकले बढेको छ ।  नेप्से परिसूचक १२९७ छ ।

बीमा समूहको परिसूचक दुई सय ९३ (चार प्रतिशत) ले वृद्धि भएको छ । यस दिन सबैभन्दा धेरै सेयर कारोबार हुने प्रमुख १० वटामा नौ कम्पनी यही समूहका रहेका छन् । यी नौ कम्पनीमा अधिकांशको एक करोड देखि करिब तीन करोड रुपैयाँ सम्मको कारोबार भएको छ ।
लघुवित्त कम्पनी सूचीकृत समूहको परिसूचक पनि करिब पाँच प्रतिशतसम्म बढेको छ ।

इन्टरनेट मार्फत घरैबाट आदेश दिन सकिने व्यवस्था यही वैशाख दुई गतेबाट अभ्यास गरिएपछि यसको सकारात्मक प्रभाव बजारमा परेको लगानीकर्ताहरुले बताएका छन् ।

यो सेवा शुभारम्भको क्रममा नेप्सेले जेठ १५ मा अनलाइन सेयर कारोबारको लागि तयार भइरहेको प्रणाली निर्माता कम्पनीले हस्तान्तरण गर्ने बताएको जानकारी दिएको छ । नेप्सेले यसको अभ्यास त्यही समयबाट सुरु हुने भएपनि साउनबाट विधिवत रुपमा उद्घाटन गरेर औपचारिक रुपमा सुरुवात गर्ने उल्लेख गरेको छ ।

यसको समेत बजारमा केही प्रभाव परेको अपेक्षा गरिएको छ । सोमबार कारोबार रकममा समेत वृद्धि भएको छ । यसदिन ५७ करोड रुपैयाँको सेयर कारोबार भएको हो ।

होटल र वित्त कम्पनी समूहको परिसूचक पनि उच्च बढेको छ । नेपाल टेलिकम सूचीकृत समूहको परिसूचक भने घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?