+
+

चिनीको भन्सार दर बढाएकोमा पूर्वका व्यवसायीको विरोध

फिर्ता लिन माग

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख ११ गते १९:१२

११ वैशाख, विराटनगर । सरकारले चिनीको भन्सार मूल्य वृद्धि गरेकोमा पूर्वका उद्योगी ब्यपारीले विरोध गरेका छन् ।

भन्सार वृद्धिका कारण चिनीको चोरी तस्करी बढेको भन्दै यसले उद्योगी, उखुु किसान तथा आम उपभोक्ता मारमा पर्ने भएकाले भन्सार मुुल्यवृद्धि फिर्ता लिन उनीहरुले माग गरेका छन् ।

मोरङ व्यापार संघले मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गरी चिनीको भन्सार मूल्य बढाउने निर्णय फिर्ता लिन माग गरेको हो । सरकारले स्वदेशी चिनी उद्योगलाई प्रोत्साहन गर्न भन्दै चिनीको भन्सार मूल्य वृद्धि गर्ने निर्णय गरेको थियो ।

मोरङ व्यापार संघका अध्यक्ष पवन शारडाले चिनीमा वृद्धि गरिएको भन्सार मुुल्यका कारण पैठारी भएका चिनीहरु विराटनगर भन्सारको गोदाममा थन्क्याउन वाध्य भएको बताए ।

उद्योग संगठन मोरङका अध्यक्ष मुुकेश उपाध्यायले चिनीको भन्सार मुुल्यमा गरिएको वृद्धिले सर्वसाधारणसमेत प्रभावित हुने बताए ।

नेपालमा हाल ३ लाख ५० हजार मेटि्रक टन चिनीको माग रहेकोमा स्वदेशी उद्योगले २ लाख ५० हजार मेटि्रक टनमात्रै उत्पादन गर्न सक्ने उक्त पत्रकार सम्मेलनमा जानकारी दिइयो । स्वदेशी माग धान्न भारतबाट आयात गर्नैपर्ने बाध्यता रहेको अवस्थामा भन्सार दर बढाउनु उपयुक्त नहुने पूर्वका उद्योगी व्यवसायीहरुको तर्क छ ।

चिनीको भन्सार मूल्य १५ प्रतिशतबाट ३० प्रतिशत पुर्‍याएपछि नेपाली बजारमा चिनीको लागत खर्च प्रति केजी ७२ रुपैयाँ पर्छ । तर भारतमा प्रतिकेजी खुुद्रा मुुल्य ४८ देखी ५२ रुपैयाँ रहेकाले चोरी निकासीको सम्भावना बढी रहेको उनीहरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?