+
+

नाकाबन्दीमा लिफ्ट अफर गरेर चर्चित बनेको ‘कारपूल’ फेरि ब्युँतियो

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख २१ गते १४:३७


२१ वैशाख, काठमाडौं । भारतीय नाकाबन्दीका बेला यात्रुले सास्ती पएपछि जन्मिएको फेसबुक अभियान ‘कारपूल काठमाडौं‘ फेरि ब्युँतिएको छ । काठमाडौंमा यातायात समितिहरुले सार्वजनिक यातायात ठप्प पारेपछि गन्तव्यमा पुग्न कठिनाइ बेहोर्नेहरुका लागि फेसबुक ग्रुपमार्फत कारपूल अफर गर्नेहरु थुप्रै देखिएका छन् ।

सवारी नचलेपछि हिँडेरै गन्तव्यमा पुग्नुपर्ने बाध्यता भएकाहरुले यो ग्रुप प्रयोग गरिरहेका छन् । सार्वजनिक सवारी बन्द भए पनि निजी मोटरसाइकल र कारहरु सडकमा चलेका छन् । त्यसैले आफू जाने गन्तब्यसम्म लिफ्ट अफर गर्न यो प्लेटफर्म प्रयोग गर्न थालेका हुन्, युवा अभियन्ताले ।

अहिले ‘कारपूल काठमाडौं’मा झण्ढै १ लाखभन्दा बढी व्यक्ति जोडिएका छन् । विहानैदेखि यो ग्रुपमा निजी सवारी धनीले यात्रुलाई लिफ्ट लिनका लागि अफर गरिरहेका छन् । हड्तालविरुद्ध लड्न लिफ्ट दिन अपील गर्दै पोष्टहरु भएका छन् ।

एक्लै आफ्ना सवारी साधनमा निस्कँदै गर्दा फेसबुकको यो कारपुल ग्रुपमा लिफ्ट अफर गरेर पोष्ट गर्न सकिन्छ । यसमा आफूलाई सो रुटमा जानुपर्ने भएर सामाजिक सञ्जालमै आवश्यक पर्ने यात्रुले लिफ्ट माग्न सक्छन् ।

यी पनि पढ्नुस्
कास्कीका यातायात व्यवसायीले जिल्ला छाडे

गृहमन्त्रीको निर्देशनपछि सिण्डिकेट पक्षधर यातायात व्यवसायी धमाधम पक्राउ

सेवा रोक्ने देशभरका यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन

नाकाबन्दीमा लिफ्ट अफर गरेर चर्चित बनेको ‘कारपूल’ फेरि ब्युँतियो

यात्रु ओसार्न सडकमा निस्किए काभ्रेका निजी विद्यालयका बस

उपभोक्ताकर्मीको अपीलः सिन्डिकेट तोड्ने लडाइँमा निजी सवारीले लिफ्ट दिएर सहयोग गर्नुस्

सिन्डिकेटविरुद्ध साझादेखि अन्नपूर्णसम्म (फोटोफिचर) 

कुन कम्पनीको बस कुन रुटमा चल्दैछन् ? हेर्नुहोस् सूची 

देशैभरि सार्वजनिक यातायात बन्दको प्रभाव, यात्रुको बिजोग 

सडकमा ट्याक्सी र ई–रिक्साको मनपरि, सरकार कहाँ छ ? 

यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला पक्राउ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?