
२१ वैशाख, काठमाडौं । गृहमन्त्री रामबहादुर ‘बादल’ले सेवा अवरुद्ध गर्ने देशभरका यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न निर्देशन दिएका छन् । देशभरका जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै उनले अावश्यक सेवा सञ्चालन ऐन- २०१४ अनुरुप कारवाही गर्न निर्देशन दिएका हुन् ।
अब प्रमुख जिल्ला अधिकारीहरुले सम्बन्धित जिल्लाका यातायात समितिका पदाधिकारी पक्राउ गर्न प्रहरी परिचालन गर्न सक्ने गृह मन्त्रालय स्रोतले बतायो । अत्यावश्यक सेवामा हड्ताल लगायतका अवरोध सृजना गरे ६ महिनासम्म जेल हाल्न सक्ने व्यवस्था ऐनमा छ । ऐनमा भएको व्यवस्था अनुसार हड्ताल गर्न उक्साउनेलाई एक वर्षसम्म कैद सजाय गर्न सकिन्छ ।
सरकारले केही दिन अघि अत्यावश्यक सेवामा हड्ताल निषेध गर्नेगरी राजपत्रमा सूचना निकालेको थियो ।
यी पनि पढ्नुस्
कास्कीका यातायात व्यवसायीले जिल्ला छाडे
गृहमन्त्रीको निर्देशनपछि सिण्डिकेट पक्षधर यातायात व्यवसायी धमाधम पक्राउ
सेवा रोक्ने देशभरका यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन
नाकाबन्दीमा लिफ्ट अफर गरेर चर्चित बनेको ‘कारपूल’ फेरि ब्युँतियो
यात्रु ओसार्न सडकमा निस्किए काभ्रेका निजी विद्यालयका बस
उपभोक्ताकर्मीको अपीलः सिन्डिकेट तोड्ने लडाइँमा निजी सवारीले लिफ्ट दिएर सहयोग गर्नुस्
सिन्डिकेटविरुद्ध साझादेखि अन्नपूर्णसम्म (फोटोफिचर)
कुन कम्पनीको बस कुन रुटमा चल्दैछन् ? हेर्नुहोस् सूची
देशैभरि सार्वजनिक यातायात बन्दको प्रभाव, यात्रुको बिजोग
सडकमा ट्याक्सी र ई–रिक्साको मनपरि, सरकार कहाँ छ ?
यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला पक्राउ
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4