+
+

अज्ञात समूहले रौतहटमा जलायाे रोकिराखेको ट्रक

गौतम श्रेष्ठ गौतम श्रेष्ठ
२०७५ असार १७ गते १०:०७


१७ असार, रौतहट । पूर्व–पश्चिमअन्तर्गत रौतहटको लमाहा जंगलमा अज्ञात समूहले रोकी राखेको ट्रकमा आगजनी गरेको छ । शनिबार दिउँसो ३ बजे ना ३ ख ३८४२ नम्बरको ट्रकमा अज्ञात समूहले आगजनी गरेको हो ।

आगलागीबाट ट्रक पूर्ण रुपमा क्षति भएको छ ।

ट्रकमा आगो लागेसँगै चन्द्रपुर नगरपालिकाको वारुण यन्त्र र प्रहरी  आगो नियन्त्रणका लागि गए पनि सफल हुन सकेन ।

इलाका प्रहरी कार्यालय, चन्द्रनिगाहपुरका अनुसार, ट्रक कसको हो भन्ने खुलेको छैन ।

प्रहरीले आगो लगाउने समूहको खोजी भइरहेको जनाएको छ । यसअघि पनि यो क्षेत्रमा यस्तै प्रकृतिको घटना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?