+
+

ओली-प्रचण्डमात्रै होइन विश्वप्रकाशले पनि मेरो घरमा भात खाएका छन् : दुर्गा प्रसाईं

अनलाइनखबर अनलाइनखबर
२०७५ असार २८ गते १७:०७


२८ असार, काठमाडौं । मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईले नेकपाका नेताहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई घरमा खाना खुवाएर बीएण्डसीलाई मेडिकल कलेजको सम्बोधन दिलाउन खोजेको भन्ने आरोप झुटो भएको बताएका छन् ।

रिपोर्टस् क्लबमा आयोजित साक्षातकारमा उनले आफूले राजनीतिक स्थायीत्वका लागि भूमिका निर्वाह गरेको रुपमा बुझ्न आग्रह गरे ।

‘मुलुकमा स्थिर सरकार र राजनीतिक स्थायित्वको लागि मैले भूमिका खेलेको हुँ, मेरो घरमा विपीले पनि खाना खानुभएको छ, गिरिजाले पनि खानुभएको छ, नरहरि आचार्य, विश्वप्रकाश शर्माले पनि खाना खानुभएको छ ।’

प्रसाईंले नेपाली कांग्रेस र साझा विबेकशिल पार्टी एक भएर अघि बढ्छन् भने मार्सी चामलमात्रै होइन, बास्मतीको भात खुवाउन तयार रहेको पनि बताए ।

पूर्वाञ्चलको झापामा रहेको बीएण्डसी टिचिङ अस्पतालको सम्बन्धन प्रक्रिया यथाशक्य पूरा गर्न सरकारसमक्ष माग गरेका छन् ।

बीएण्डसी टिचिङ अस्पतालका कार्यकारी निर्देशकसमेत रहेका प्रसाईले आफू तीन वर्षदेखि अन्यायमा परेको र काठमाडौंबाहिर सुदूरपूर्वमा अस्पताल खोल्दा पनि माफियाको आरोप खेपिरहेको दुःखेसो पोखेका छन् ।

उनले भने, ‘मैले कसैको पैसा लुटेको होइन, बिहान उठ्दा पत्रिका पढ्नसमेत डर लाग्छ, खाली माफिया, माफिया भनेका छन्, लेखेका छन्, गल्ती नै नगरेको ब्यक्तिलाई माफिया भनेर भन्दा मन दुख्दो रहेछ ।’

आफूले अस्पताल खोलेर पूर्वका २९ लाख जनताको स्वास्थ्योपचार गरेर भारतको सिलिगुढी जानबाट रोकेको प्रसाईंले दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?