+
+

कर्मचारी आन्दोलनले निर्धन बैंकको कारोबार ठप्प

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन ८ गते १३:०५


८ साउन,बुटवल । सेवा-सुविधा वृद्धि लगायतका विभिन्न माग राख्दै कर्मचारीहरु आन्दोलनमा उत्रिएपछि निर्धन उत्थान बैंकको कारोबार ठप्प भएको छ ।

अखिल नेपाल संघसंस्था तथा बैंक वित्तीय संस्था निर्धन उत्थान कर्मचारी समितिको अगुवाईमा निर्धनका कर्मचारीहरु १० दिनदेखि आन्दोलनमा छन् ।

उनीहरुले बैंकको नियमावली संशोधन, कर्मचारी समायोजन, सरुवा बढुवाको नयाँ मापदण्ड लगायतका माग राखेका छन् । बैंकका एक सय भन्दा बढी शाखा कार्यालय आन्दोलनका कारण ठप्प हुँदासमेत व्यवस्थापनले मागबारेमा बेबास्ता गरेको समितिका महासचिव रामबाबु रानाभाटले बताए ।

आन्दोलनका कारण बैंकको कर्जा असुली समेत ठप्प रहेको कर्मचारीहरुले बताएका छन् । माग पूरा नभएसम्म आन्दोलनबाट पछाडि नहट्ने उनले बताए । असार २६ गतेदेखि आन्दोलन सुरु गरेको समितिले असार ३१ गतेदेखि कारोबार नै ठप्प पार्नेगरी आन्दोलन गरेको हो ।

कर्मचारीहरुले केही दिन अघि बैंकको भैरहवास्थित क्षेत्रीय कार्यालय समेत घेराउ गरेका थिए । देशका ७७ वटै जिल्लामा शाखा विस्तार गरेको निर्धन उत्थान बैंकका रुपन्देहीमा सबैभन्दा धेरै शाखा रहेका छन् ।

बैंकले यस आर्थिक बर्षमा झन्डै ६० करोड खुद नाफा कमाउने बैंकका कर्मचारी बताउँछन् । बैंकका प्रमुख कार्यकारी अधिकृत जनार्दनदेव पन्तले भने निर्धनमा कुनै आन्दोलन नभएको दावी गरे । ‘निर्धनमा आन्दोलन भएकोबारे मलाई थाहा छैन’ अनलाइनखबरसंग उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?