Comments Add Comment

पूर्णचन्द्रले ग्रहण गरे प्रधानसेनापतिको कार्यभार

२४ साउन, काठमाडौं । बलाधिकृत रथी पूर्णचन्द्र थापाले प्रधानसेनापतिको कार्यभार ग्रहण गरेका छन् ।

महारथी राजेन्द्र क्षत्रीले बिहीबार एक समारोहका बीच थापालाई कार्यभार हस्तान्तरण गरेका हुन् ।

पुरानै प्रचलन अनुसार महारथी क्षेत्री अवकाश प्राप्त हुनुभन्दा एक महिना अगावै थापालाई कार्यभार हस्तान्तरण गरेर विदामा बसेका छन् । करिब ४० वर्षसम्म सेवामा खटिएका क्षत्री आगामी भदौ २४ गते अवकार प्राप्त हुनेछन् ।

बलाधिकृत रथी थापालाई साउन १० गतेको नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय बमोजिम यही साउन २५ गते (शुक्रबार)बाट लागू हुने गरी प्रधानसेनापतिमा नियुक्त गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment