२७ साउन, नवलपरासी । नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका १ बेसक्याम्प चोक दुम्किबासमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु १ च ९७ ५९ नम्बरको बलेरो गाडी र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लु २० प ५१७ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।
दुर्घटनामा प्युठान जिल्लाको लिवाङ ८ निवासी ३२ वर्षीय जगतबहादुर परियार र मोटरसाइकल पछाडि सवार सोही ठाउँकै १० वर्षीय बालक विवेक परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । जगतबहादुर र विवेक मामा-भान्जा हुन् ।
ठक्कर दिने गाडी र त्यसको चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4