Comments Add Comment

नेपाली फिल्ममा सन्नी लियोनीको आइटम डान्सलाई तीन करोड !

पछिल्लो समय नेपाली फिल्मका निर्माता महत्वाकांक्षी बन्दै गएका छन् । बजारमा आएका फिल्महरु एकपछि अर्को फ्लप भइरहँदा पनि फिल्ममा लगानी निरन्तर बढिरहेको छ । एउटा फिल्ममा २-३ करोड बजेट सामान्य हुन थालेको छ ।

यही बीचमा एउटा खबर सार्वजनिक भयो, बलिउड अभिनेत्री सन्नी लियोनीलाई लिएर नेपाली फिल्म ‘पासवर्ड’ बन्ने । यो फिल्मको बजेट सुन्दा जिभ्रो टोक्न बाध्य हुनुपर्छ । ५० लाखमा बनेको फिल्मले पनि लगानी उठाउन नसकिरहेका बेलामा यस फिल्ममा ३० करोड लगानी गर्ने घोषणा गरिएको छ ।

सन्नी लियोनीले अभिनय गर्ने भनिए पनि पछिल्लो खबरअनुसार उनले आइटम डान्स मात्र गर्नेछिन् । र, एउटा आइटम डान्सका लागि उनलाई २ करोड भारतीय रुपैयाँ दिइएको चर्चा छ । यदि यो खबर सत्य हो भने यसलाई निर्माताहरुको मुर्खता सिवाय के भन्न सकिन्छ ?

सन्नी लियोनी भारतमै पनि खासै चलेकी छैनन् । पोर्न स्टारको छविले उनलाई अझै लपेटिरहेको छ । बलिउडका ठूला स्टार उनीसँग काम गर्न चाहँदैनन् । पछिल्लो समय उनीसँग कुनै गतिलो बलिउड प्रोजेक्ट छैन । उनले अभिनय गरेका करिब १ दर्जन बलिउड फिल्ममा अधिकांश फ्लप छन् ।

न त सन्नीको नेपालमा कुनै लोभलाग्दो फ्यान फलोइङ नै छ । बरु उनको नाक सुन्दा नै नाक खुम्च्याउने नेपालमा धेरै छन् । यस्ती धमिलो छवि भएकी अभिनेत्रीमाथि २ करोड भारु लगानी गर्न नेपाली निर्माताहरुलाई के कुराले प्रेरित गर्‍यो भन्ने आश्चर्यको विषय हो ।

अर्कोतर्फ ३० करोड लगानी गरेर बन्ने फिल्मले आफ्नो लगानी कसरी सुरक्षित गर्छ त ? फिल्मका कलाकारहरुको सुची हेर्दा दर्शक तान्ने क्षमताका कोही पनि देखिदैनन् । न त फिल्मका निर्देशक सम्राट बस्नेत नै कुनै स्थापित नाम हुन् ।

नेपाली फिल्मको बजार हेर्ने हो भने स्वदेशी बजारबाट १ करोड पनि उठाउन कठिन पर्छ । राम्रा-राम्रा फिल्महरु पनि दर्शक नपाएर प्याक प्याक छन् । यस्तो अवस्थामा ‘पासवर्ड’ का निर्माताहरुप्रति ‘राम राम’ भन्नुबाहेक के गर्न सकिएला र ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment