+
+
Shares

त्रिभुवन विमानस्थल अझै खुलेन, यात्रुहरुको विचल्ली

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ १७ गते ७:३८

१७ भदौ, काठमाडौं । यती एयरलाइन्सको जहाज दुर्घटना भएपछि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अझै सञ्चालनमा आउन सकेको छैन ।

शनिबार बेलुका नेपालगञ्जबाट काठमाडौं आएको जहाज धावनमार्गबाट चिप्लिएर घाँसेमैदानमा पुगेको थियो । त्यसलगत्तै राति पौने ९ बजेदेखि विमानस्थलमा उडान अवतरण ठप्प भएको थियो । अहिले विमान हटाउने प्रयास भइरहेको छ ।

विमानस्थल स्रोतले दिएको जानकारीअनुसार बिहान आठ बजेदेखि उडान अवतरण सुरु गर्ने तयारी छ । एयरपोर्ट बन्द भएपछि काठमाडौंबाट जाने र काठमाडौं आउने यात्रुहरु अलपत्र परेका छन् ।

विराटनगर, चितवन, पोखरा, भैरहवा, नेपालगञ्ज, धनगढी लगायतका एयरपोर्टहरुमा यात्रुहरुको चाप अत्यधिक छ । उनीहरु काठमाडौंको एयरपोर्ट खुल्ने प्रतिक्षामा बसिरहेका छन् ।

नेपालगञ्ज विमानस्थल प्रमुख प्रेमनाथ ठाकुरले अनलाइनखबरसँग भने, ‘यहाँ धेरै यात्रुहरु काठमाडौं जाने भनेर कुरिरहनु भएको छ । आठ बजे काठमाडौंको एयरपोर्ट खुल्ने जानकारी हामीलाई छ । त्यसपछि हामी पनि पठाउँछौं ।’

नेपालगञ्जबाट शनिबार साँझ काठमाडौं आएको यती एयरलाइन्सको जेट स्ट्रीम जहाज अवतरणको क्रममा चिप्लिँदा अगाडिको पांग्रा भाँचिएको थियो । सो क्रममा पाँच जना यात्रु सामान्य घाइते भएका छन् । विमानमा २१ यात्रु थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?