+
+

उमा भुजेललाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ २२ गते १६:२७

२२ भदौ, काठमाडौं । सर्वोच्च अदालतले नेकपा विप्लव समूहका नेतृ उमा भुजेललाई थुनामुक्त गर्न आदेश दिएको छ ।

भुजेललाई १२ भदौमा बालाजुबाट पक्राउ गरेको थियो । क्रसर उद्योगमा आगजनी गरेको अभियोगमा अनुसन्धानका लागि जिल्ला अदालत काभ्रेबाट म्याद थप गरिएको छ ।

तर, प्रतिमा भुजेलले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाई गर्दै न्यायाधीशद्वय सारदाप्रसाद घिमिरे र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले थुनामुक्त गर्न आदेश दिएको छ ।

आधार र कारण नखोली थुनामा राख्न म्याद थप भएको भन्दै सर्वोत्चले बन्दी प्रत्यक्षीकरणको आदेश हुने ठहर गरेको छ ।

सर्वोच्चले भुजेललाई सर्वोच्चको मुख्य रजिष्ट्रारको रोहबरमा थुनामुक्त गर्न आदेश दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?