Comments Add Comment

तीजको भीडमा छक्का पन्जा ३ को प्रचार

चलचित्र बनाउन मात्र होइन, प्रचार प्रसार गर्न पनि माहिर मानिन्छन् निर्देशक दीपाश्री निरौला र कलाकार तथा निर्माता दीपकराज गिरी ।
दीपाश्री र दिपक लगातार ४ वटा चलचित्र हिट भएपछि दंग छन् । अब, पाँचौ चलचित्र ‘छक्का पन्जा ३’लाई हिट बनाउन उनीहरु लागिपरेका छन् ।

बुधबार काठमाण्डौको पशुपतिनाथ परिसरमा तीजको अवसरमा ब्रत बसेका महिलाहरुको बाक्लो भिड थियो । साथै, तीजमा पशुपतिनाथको दर्शन गर्न पुगेका भक्तजनहरुको बाक्लो भिडले माहोल गर्माएको थियो । सोही माहोलमा चलचित्रको निर्माण टिमले प्रचारको शैली अपनाएको थियो ।

पशुपतिनाथ परिसरमा आयोजित चलचित्र ‘छक्का पन्जा ३’को कार्यक्रममा निर्माता तथा कलाकार दिपकराज गिरी र निर्देशक दीपाश्री निरौलाले रमाइलो गरे । उनीहरुले चलचित्रमा समावेश ‘पहिलो नम्बरमा’ बोलको गीतमा नृत्य गरेका थिए ।

दशैको अवसर पारेर रिलिज हुन लागेको यो चलचित्रमा दिपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, दीपिका प्रसाई, प्रियंका कार्कीको मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment