+
+

आकाश र आश्माको ‘ड्रिम गर्ल’लाई रिलिजकै सकस

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १२ गते ११:२६

चलचित्रको प्रदर्शन मिति बारम्बार पछि सर्दा त्यसको असर बक्स अफिसमा देखिन्छ । नेपाली चलचित्रका केही स्टार कलाकारका चलचित्रको पनि रिलिज डेट सर्दा बक्स अफिसमा कमजोर व्यापार गरेका छन् ।

ऋषिराज आचार्यले निर्देशन गरेको चलचित्र ‘ड्रिम गर्ल’को प्रदर्शन मिति बारम्बार पछि सरिरहेको छ । असोज १९ गतेलाई दोश्रो पटक प्रदर्शन मिति तोकिएको यो चलचित्र अब यो मितिमा पनि रिलिज हुने भएको छ ।

असोज २४ गते चलचित्र ‘छक्का पन्जा ३’ रिलिज हुने भएपछि ऋषिले आफ्नो प्रोजेक्ट रिलिज गर्न नसकेका हुन् । अब यो चलचित्र मंसिर ७ गतेबाट रिलिज हुने बताइएको छ । चलचित्रको मुख्य भूमिकामा नायक आकाश श्रेष्ठ र नायिका आश्मा गिरीको मुख्य भूमिका छ ।

लभस्टोरी कथामा बनेको यो चलचित्रको गीत पनि सार्वजनिक भैसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?