+

सर्वाधिक पुरस्कार राशिको महिला भलिबल शनिबारदेखि

२०७५ असोज  १२ गते २०:०२ २०७५ असोज १२ गते २०:०२
सर्वाधिक पुरस्कार राशिको महिला भलिबल शनिबारदेखि

काठमाडौं । नेपाल भलिबल सङ्घ र भारतको आधिअवाधी फाउण्डेसनको आयोजनामा हुने सर्वाधिक पुरस्कार राशिको महिला भलिबल प्रतियोगिता शनिबारदेखि हुने भएको छ ।

भलिबल सङ्घले पत्रकार सम्मेलन गरी असोज १७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिएको हो ।

प्रतियोगिताको उद्घाटन खेल चितवन टाइगर्स र त्रिभुवन आर्मी क्लबबीच  हुनेछ । प्रतियोगिताका सबै खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप)को कभर्ड हलमा हुनेछन् ।

लिगकम नकाउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा न्यू डायमण्ड, चितवन टाइगर्स र त्रिभुवन आर्मी सशस्त्र प्रहरीको एपिएफ, नेपाल पुलिस र पोखरा पिङ्केज गरी छ टोलीले सहभागिता जनाएका छन् । भलिबलको इतिहासमा सर्वाधिक राशि पुरस्कार राखिको प्रतियोगिताको विजेताले छ लाख, दोस्रो हुनेले तीन लाख र तेस्रो हुनेले एक लाख ५० हजार रूपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान स्कुटर र ५० हजार प्राप्त गर्ने नेपाल भलिबल सङ्घका महासचिव जीतेन्द्रबहादुर चन्दले जानकारी दिए ।

 

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय