+
+

नेकपाकै सांसदको गुनासो : वामपन्थी सरकारले पनि भूमिहीनलाई देखेन

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १२ गते २०:१३

१२ असोज, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद हरिबोल गजुरेलले वामपन्थी नेतृत्वको सरकारले समेत सुकुम्कबासी र भूमिहीनलाई नहेरेको गुनासो गरेका छन् ।

शुक्रबार कृषि समितिमा सांसद गजुरेलले ठूलो वलिदान र त्यागले आएको गणतन्त्रमा समेत सामन्तकै हालीमुहाली भएको बताएका हुन् । ‘गणतन्त्रमा पनि सामन्त र पुँजीपतिको मात्रै सेवा गर्ने हो कि परिवर्तनका लागि लडेका गरिब,दुःखी, भूमिहीन र सुकुम्वासीको पनि सेवा गर्ने हो ? उनले प्रश्न गरे ।

वामपन्थी नेतृत्वको सरकारले समेत भूमिहीनको समस्या बुझेर समाधान नगरे कसले गर्छ भन्दै भने, ‘परिवर्तन ल्याउनलाई गरिव, दुःखीहरुले जनयुद्ध लडेका छन् । तीनका सपना र श्रम अहिल्यै भुल्न हुँदैन ।’

सत्तारुढ दलकै सांसद ओनसरी घर्ती मगरले समयानुकुल भुमि सुधार ऐन ल्याउन सरकारलाई सुझाइन् । अर्का सांसद घनश्याम खतिवडाले एकपटक देशभरकै भुमिको नयाँ नाप गर्नुपर्ने सुझाए । गरिबी परिचयपत्र वितरण पनि वैज्ञानिक र पारर्दर्शी हुनुपर्नेमा उनले जोड दिए ।
सांसद सत्य नारायण शाहले जीवन निर्वाहका लागि भुमि पाउनुपर्ने व्यवस्था गर्नुपर्ने माग गरे ।

सांसद छविलाल विश्वकर्माले अव्यवस्थित बसोबास र सुकुमबासीको समस्या एकैपटक समाधान हुनेगरि ऐन आउनुपर्ने बताए । अर्का सांसद चन्द्रकान्त चौधरीले पर्यावरण सुरक्षा, वनकबो सुरक्षा र सुख्खा क्षेत्रमा डिप बोरिङ्को व्यवस्थाका लागि सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गरे ।

सांसद भूमि त्रिपाठीले भुमिको व्यवस्थापन गरी गरिबी निवारण गर्नुपर्नेमा जोड दिए । उनले गरिबको परिचयपत्र मात्रै वितरण नगरि जीवन निर्वाहका लागि उपयुक्त विकल्प दिनुपर्नेमा जोड दिए ।

जवाफमा भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्यमाकुमारी अर्यालले अहिलेको जनशक्तिले प्रभावकारी काम गर्न अप्ठ्यारो हुने बताइन् । तर, मन्त्रालयको तर्फबाट भूमि सुधार र गरिबी निवारणका लागि सक्दो प्रयास गर्ने उनको प्रतिवद्धता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?