+
+

आठ वर्षभित्र भारत र चीनबाट काठमाडौंमा रेलः मन्त्री ज्ञवाली

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १३ गते ११:४२

१३ असोज, न्यूयोर्क । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ढिलोमा आठ वर्षभित्र भारत र चीनबाट काठमाडौंमा रेल आउने बताएका छन् । त्यसपछि नेपाल दुई छिमेकी मुलुकको व्यापारिक केन्द्र बन्ने उनको भनाइ छ ।

संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन न्यूयोर्क पुगेका मन्त्री ज्ञवालीले पत्रकारहरुसँग कुरा गर्दै सो कुरा बताएका हुन् ।

मन्त्री ज्ञवालीले चीनसँग सबै व्यापारिक नाका खोल्ने र भारतसँग जलमार्गका लागि पहिलो चरणमा नारायणी र दोस्रो चरणमा कोशी नदीमा सम्भाव्यता अध्ययन हुने जानकारी पनि दिए ।

अर्को प्रसंगमा मन्त्री ज्ञवालीले सन् २०१६ मा हुनुपर्ने सार्क शिखर सम्मेलन अहिलेसम्म नहुनुमा नेपाल जिम्मेवार नभएको बताए । नेपालले सार्क सम्मेलनका लागि अनुकूल वातावरण बनाउन प्रयास गरिरहेको उनले प्रष्ट पारे ।

भारत र पाकिस्तानबीचको खटपटले सार्क शिखर सम्मेलन हुन सकेको छैन । तर मन्त्री ज्ञवालीले सदस्य राष्ट्रबीच कुनै विवाद नरहेको र सार्क क्रियाशील रहेको दाबी गरे । शिखर सम्मेलन हुन नसके पनि सार्क अन्तर्गतका अन्य प्रक्रिया नरोकिएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?