+

यू-१९ एसिया कपः भारतले नेपाललाई दियो ३०५ रनको लक्ष्य

२०७५ असोज  १३ गते १३:३३ २०७५ असोज १३ गते १३:३३
यू-१९ एसिया कपः भारतले नेपाललाई दियो ३०५ रनको लक्ष्य

काठमाडौं । यू-१९ एसिया कप क्रिकेटमा भारतले नेपाललाई ३०५ रनको विशाल लक्ष्य दिएको छ ।

नेपालले जवाफी ब्याटिङ गरिरहेको छ ।

यसअघि बंगलादेशको सभारमा पहिले ब्याटिङ गरेको भारतले यशस्वी जैसवालको शतकको मदतमा निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३०४ रन बनायो । उसको सुरुवात राम्रो रहृयो । पहिलो विकेटका लागि जैसवालले देवदत्त पडिकालले ८३ रनको साझेदारी गरे । पवन साह १३ रनमा आउट भए ।

तर, सिमरन सिंहले जैसवालसँग तेस्रो विकेटका लागि ७६ रनको साझेदारी गरे । जैसवाल १०४ रनमा आउट भए । यश राठोड मात्र ३ रनमा आउट भए ।

तर, आयुष बडोनीले सिमरनसँग ५४ रनको साझेदारी गरे । पाँचौं विकेटका रुपमा आउट भएका सिमरनले ८२ रन बनाए । बडोनीले ३३ रन जोडे ।

नेपालका भीम सार्कीले ४ विकेट लिए भने रसिद खानले २ विकेट आफ्नो नाममा लेखाए ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय