+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

सिप्रदी र ट्राफिक प्रहरीको सहकार्यमा ‘सुरक्षित सडक’ अभियान सुरु

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १४ गते १७:५२

१४ असाेज, काठमाडाैं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी र महानगरीय ट्राफिक प्रहरी महाशाखाको सहकार्यमा राजधानीमा सुरक्षित सडक अभियान सुरु भएको छ। अभियानको उद्देश्य सडक दुर्घटना न्यूनीकरण रहेको जनाइएको छ।

पहिलो चरणको कार्यक्रम चापागाउँ, लेले रुटबाट शुरु गरिएको थियो।कार्यक्रममा चापागाउँ, लेलेका १०५ जना टिपर चालकलाई व्यवहारिक विषय वस्तुमा आधारित सडक सुरक्षा तालिम दिइएको हो।

तालिम दिनेमा ललितपुर ट्राफिक प्रहरी महाशाखा प्रमुख इन्स्पेक्टर सिताराम हाछेथु, सिप्रदीका इन्जिनियर, तालिम प्रबन्धक र महानगरीय ट्राफिक कार्यालयका प्रतिनिधि रहेको जनाइएको छ।

सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले नाडाको तर्फबाट सडक सुरक्षा र वातावरणको प्रतिनिधित्व गर्दै आएको बताए।

उनले भने, ‘सडक सुरक्षा ट्राफिक र सरकारको मात्र नभई सबैले जान्ने, बुझ्ने र अपनाउनु पर्ने कुरा हो।

सडक सुरक्षासंग सम्बन्धित विभिन्न योजना र कार्यक्रम नेपाल सरकार, ट्राफिक प्रहरी र नाडासंग सहकार्य गर्दै जानेछौं।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?