+
+

म्यानमारको विकेट पतन सुरु, नेपाललाई दोस्रो सफलता

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १७ गते १२:३८

१७ असोज, काठमाडौं । टी-२० विश्वकपको एसिया ‘बी’ छनोटको पहिलो खेलमा नेपाल र म्यानमार भिडिरहेका छन् ।

पहिलो ओभरमा विकेट गुमाएको म्यानमारले दोस्रो ओभरमा फेरि अर्को विकेट गुमाएको छ । म्यानमारको पहिलो विकेटको रुपमा को को लिन थुलाई ४ रनमा ललितसिंह भण्डारीले आउट गराएका थिए ।

दोस्रो ओभरमा करण केसीले खिन अयेको विकेट लिएका हुन् । सुरुवातमै २ विकेट गुमाएको म्यानमार निकै दबावमा आएको छ ।

मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभलमा म्यानमारले २ ओभरको समाप्तिमा २ विकेटको क्षतिमा ७ रन बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?