+

नेपालको सुखद सुरुवात, म्यानमारमाथि ८ विकेटको जित

२०७५ असोज  १७ गते १३:४५ २०७५ असोज १७ गते १३:४५
नेपालको सुखद सुरुवात, म्यानमारमाथि ८ विकेटको जित

१७ असोज, काठमाडौं । टी-२० विश्वकपको एसिया ‘बी’ छनोटमा नेपालले विजयी सुरुवात गरेको छ । बुधबार भएको आफ्नो पहिलो खेलमा नेपालले म्यानमारलाई ८ विकेटले हराएको हो ।

क्वालालम्पुरस्थित किनरारा ओभलमा म्यानमारले दिएको ३० रनको लक्ष्य नेपालले ३ ओभरमा २ विकेट गुमाएर भेट्टायो ।

करण केसीले नटआउट १४ रन बनाए भने अनिलकुमार साहले ११ रन जोडे । विनोद भण्डारीमा १ रनमा नटआउट रहे । ओपनर प्रदिप ऐरीले भने खाता नै खोल्न सकेनन् ।
यसअघि टस जितेर पहिले ब्याटिङ थालेको म्यानमारले १० ओभरमा सबै विकेट गुमाएर २९ रन बनाएको थियो ।

नेपाली स्पीनरहरुका अगाडि म्यानमारका ब्याट्सम्यान चल्न सकेनन् । सुरुवाति ५ ओभरमा फास्ट बलरले ५ ओभर बलिङ गर्दा २ विकेट गुमाएर २३ रन बनाएको थियो । तर, सन्दिप लामिछाने र ललितनारायण राजवंशी आएपछि थप ५ ओभरमा ८ रन जोड्दा बाँकी ८ विकेट गुमायो । ननौं ओभरमा सन्दिपले तीन विकेट लिए भने दशौं ओभरमा पनि ३ विकेट नै गुम्यो ।

सन्दिपले ३ ओभरमा ३ रन दिएर ४ विकेट लिए भने राजवंशीले ३ ओभरमा २ मेडन राख्दै ३ रन खर्चिँदै ३ विकेट नै लिए । करण केसी र ललित भण्डारीले समान १-१ विकेट हात पारे ।

म्यानमारका हेट लिन होङले सर्वाधिक १६ रन बनाउँदा ६ ब्याट्सम्यानले खाता नै खोल्न सकेनन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय