+
+

कथाः त्यो काल्पनिक प्रेम

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १७ गते १८:४०

सुदीपले सोध्यो, ममा एउटा मृगमरिचिका छ । शून्यतामा निरंकार प्रेमिका खोजेर, उनको अदुभुत सुन्दरता, बान्की परेको अधर र मृग नयनहरुको आकर्षणमा लाप्पा खेल्दा कसैलाई अन्याय हुन्छ कि हुँदैन ? निशब्दमा सोनु भन्दै मेघ गर्जाउन पाइन्छ कि पाइँदैन होला ?

सास्वत माया तर निरंकार, बोलिने माया तर नसुनिने, हेरिने माया तर नदेखिने माया होस् । प्रेमको झरि होस् तर कोहि पनि नरुझोस, प्रेमको मेघ गर्जोस् तर संगीत बनोस । निरकारी होस् । तर, पृथ्वीमा होइन कतै क्षितिजमा ।

सगर सुस्याउँदा, उनको कोकिल स्वर गुनगुनाएको आभाष होस् , बिजुली चम्किँदा उनको माथबाट कान्ति प्रकट भएको होस्, हावाको वयेली चल्दा उनको सुनक्रेसा लहलहाओस् ऊ कल्पिँदै एकोहोरो बोलिरहेको थियो ।

जब ऊ बोलिरहेको थियो, उसले बिर्सेको थियो कि ती स्वप्नील शब्दहरु मलाई सुनाइरहेको थियो । मानौँ ऊ त्यो कल्पित सागरमा डुवेको थियो । उसका कुरा सुनिरहदाँ मलाई अजीब लाग्यो । कताकता उसकामा पागलपन छ भन्ने मैले सोचिरहेको थिए ।

अनि मैले उसलाई भनेः तिम्रा भनाइ अलि अजीब खालको छ, जुन यो विपनाको संसारमा सम्भव छैन ।

लाग्छ, उसलाई प्रेम अभिशप्त लागेको छ । रसियन लेखक एन्टोन चेखोवले भने झैं प्रेम झंझट, रीस उठाउने अशन्तोषको श्रोत हो भनै झै उ यो सांसारिक मायाबाट आजित भएको हुनु पर्दछ । त्यसैले त ऊ स्वप्नील मायाका कुरा गर्दैँछ ।

उसका असामान्य लाग्ने भनाइलाई म सामान्य तरिकाले बुझ्ने कोसिस गर्दै थिएँ । यो पनि सोच्दै थिएँ कि कल्पना पनि कतै न कतै केही अर्थ, मर्म या भनु सांसारिक मायाबाट पाएको असन्तुष्टि छ । घाम नलाग्दा पनि बादलले पृथ्वीलाई छोपेको हुनाले स्वाभाविक भन्दा अलि बढी गर्मी महसुस भैसकेको थियो ।

उसका कुराले मलाई पनि सोचाइमा डुबाउँदै थियो । म सोच्दै थिएँ सबै पहलहरु भूत हुन्छन् । सबै वर्तमानहरु पनि भुत हुन्छन् र एक दिन सवै भविष्यहरु पनि भुत नै हुनेछन् । परिस्थितिले अप्रीय चिजलाई पनि सम्बन्ध दिन बाध्य पार्दो रहेछ । श्रास्वतः सत्य भन्ने धेरै कम चिजहरु छन् । एकमात्रै सत्य लाग्ने चिज पनि सत्य नहुँदो रहेछ ।

आंकाक्षाका उत्कर्षहरुको र निराशाका गहिराइको पनि एउटा विन्दु हुदोँरहेछ । भारीका भारी उत्साह र सपनाहरु पनि निशासामा स्खलित भै मेटिदाँ रहेछन् ।

प्रेमिल भवसागरको स्वर्गीय आनन्द पनि चिसो लाग्दोरहेछ । उत्कर्षहरु र गहिराइको रेखामा सबैका जिजिविषा र अभिलाषाहरु जिवित हुँदा रहेछन् ।

अब आफ्नै अब त मलाई उनीसँगको प्रेमको कुनै स्वाद छैन । विस्तारै पश्चाताप र पीडाले पनि साथ छोड्दैन् । समयको वेगले मनको भँगालो संलिसकेको छ । तिमी श्वास लेउ म श्वास प्रश्वास गर्छु । तिमी हेर अनि म देख्छु भन्ने प्रेमिल शब्दावलीसँग पनि कुनै मोह छैन । किनकि उनको एकांकी निर्णयपछि आम्स्टेल नदी धेरै पटक जमेर बरफ भै सकेको छ भने धेरै पटक पग्लेर पानी बनेको छ अनि धेरैपटक तातेर बाफ बनिसकेको छ ।

सुपर मार्केटका सजिएका नयाँनयाँ डिजाइनका ब्रान्डेड कपडाहरु उनको शरीरमा लगाउँदा कस्तो होला भन्ने कल्पना पनि मैले गर्न छाडिसकें । न त वाइन क्रफका जवाहरत र फेसन फेसनका घडीहरु उनको नाडीमा हुँदाका र लोरेलका उत्पादनहरु उनको मुहारमा लगाँउदा कस्तो होला भन्ने सोच नै आउँछ ।

सुदीपका कुराहरुले मलाई मेरो अतीततिर पुर्‍याएको थियो । म आफ्नो प्रेम सम्भिmरहेको थिएँ । उनले बाटो फेर्दै रहिछन्, उनले फेसबुकमा विस्तारै इग्नोर गर्दै थिइन् मलाई ।

उनले मलाई आफ्नो जीवनबाट अलग गर्नुको कारण अहिलेसम्म जान्न पाएको छैन । मैले उनको आत्मसम्मानमा पुर्‍याएको पनि थिइनँ । उनीसँग भेटेर मनमा गुम्सिएर दुख्ख दिइरहेको प्रश्न सोध्न मन छ । त्यो अवसर पनि मिलेको छैन । एक दिन भेट होला ? अवस्य सोध्नेछु बाटो फेर्नुको कारण के थियो ?

तिमीले के जवाफ दिनेछौ त्यो उत्तर पनि अहिले नै मेरा काममा ठोक्किरहेका छन् । यी उत्तरका शब्ब मलाई सुन्ने चाहिँ रत्ति छैन । कुरै नगर अथवा म यो कुरा सम्भिmन चाहन्न । अनुहार अलि क्रोधित पार्दै भाउन्निएर भन्ने छौ । तर, वास्तविक उत्तर के होला भन्ने कुराले मलाई पहिले झैँ सताइरहने छ ।

साँच्चिकै हाम्रो सम्वन्ध असजिलो पहेलीजस्तो छ । कुनै एउटै विश्वसनीय निश्कर्ष छैन । तिमी सरासर मेरो भावनाहरुसँग खेल्यौं भन्ने निश्कर्षमा पनि मलाई स्वीकार्य छैन । हाम्रो सम्वन्धमा तिम्रा कयौँ घडा आँसुहरु तिल्पिलाउँदै खसेका छन्, जीर्णतामा सजीविनी बनि नयाँजीवनमा सप्तरंगी रंगहरु भरिएकै हुन् ।

एउटा शिरीषको मीन मचासको रातमा उनलाई मैले भाइवरमा पचास-पटक कल गरे, तर उनको सदैव व्यस्त देखायो । म उनको अभावमा प्रताडीत हुदैँ थिए, सायद उनी कसैको प्रभावमा प्रफुल्लित हुदैँ थिइन् होला । गाडी आमस्टारडामको चक्रपथमा धेरैपटक घुम्यो तर, उनको फोन उतै व्यस्त भयो । समय चक्रले तुरुपको रंग फेरेको थियो । सायद फेसन आउट भै सकेको थियो मेरो माया ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?