+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

प्रदेश ७ को नाम सुदूरपश्चिम राख्नु दुर्भाग्यपूर्ण : पूर्वमन्त्री बलायर

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १८ गते १३:१०

१८ असोज, डडेल्धुरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य वीरबहादुर बलायरले प्रदेश ७ को नाम सुदूरपश्चिम राख्नु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेका छन् । सुदूरपश्चिम नाम राख्ने निर्णय राष्ट्रघाती भएको उनको तर्क छ ।

नेपाल प्रेस युनियन डडेल्धुरा शाखाको चौथो जिल्ला अधिवेशनमा बोल्दै मन्त्री बलायरले राजधानीमा सुदूर भन्ने शब्दले नै हेपिने गरेको सुनाए । पञ्चायतले राखेको सुदूरपश्चिम नामलाई अहिलेको सरकारले पनि निरन्तरता दिनु दुर्भाग्य भएको उनको भनाइ छ ।

‘प्रदेशसभाले हाम्रो इतिहास मेट्ने गरी प्रदेशको नाम सुदूरपश्चिम राखेको छ’ उनले भने, ‘हाम्रा सांस्कृतिक धरोहर, सम्पदाहरु सबैको अवमूल्यन भएको छ ।’ उग्रतारा, शैलेश्वरी गोदावरी, खप्तड, सेतीकाली नामहरु राख्न सकिने भन्दै उनले किन सुदूरपश्चिम राखियो भन्ने प्रश्न गरे ।

प्रदेशको स्थायी मुकाम धनगढी तोकिँदा मन्त्री रहेका बलायरले प्रदेश राजधानी कैलालीको गोदावरी भएकोमा आपत्ति जनाएका छन् । साथै उनले स्थानीय सरकार सञ्चालनमा तीव्र भ्रष्टाचार भइरहेको बताएका छन् ।

निर्मलाको हत्यारा बम दिदी-बहिनीबाट मात्रै पत्ता लाग्छ

अर्को प्रसंगमा बोल्दै काँग्रेस केन्दीय सदस्य वीरबहादुर बलायरले कञ्चनपुरकी १३ वषर्ीया निर्मला पन्तको हत्यारा बम दिदी-बहिनीका माध्यमबाट मात्रै पत्ता लाग्ने दाबी गरेका छन् ।

पन्तको हत्यारा पत्ता लगाउन नसकेको भन्दै सरकार र प्रहरी संगठनकै आलोचना भइरहेका बेला पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसमेत रहेका बलायरले बम दिदी -बहिनीबाट घटनाको सबै पोल खुल्ने दाबी गरेका हुन् ।

‘हत्यारा पत्ता लगाउनका लागि कहीँ पनि जानु पर्दैन, बम दिदी-बहिनीहरूका माध्यमबाट हत्यारा पत्ता लाग्छ’ उनले भने, ‘उनीहरूले हत्यारा देखेका छन्, उनले बलात्कारी देखेका छन्, उनकै माध्यम बाहेक अर्को माध्यमबाट हत्यारा पत्ता लाग्न सक्दैन ।’

निर्मला पन्तको हत्या प्रकरणबारे अध्ययन गर्न कांग्रेसले खटाएको टोलीमा समेत रहेका बलायरले निर्मलाका हत्यारा बम दिदी-बहिनीबाहेक अरूलाई थाहा नभएको ठोकुवा गरे ।

प्रेस युनियन डडेल्धुरा शाखा अध्यक्षमा भण्डारी चयन

नेपाल प्रेस युनियन डडेल्धुरा शाखाको चौथो जिल्ला अविधेशनबाट अध्यक्षमा धनबहादुर भण्डारी सर्वसम्मत चयन भएका छन्ा । युनियनको जिल्ला सम्मेलनबाट भण्डारीको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति चयन भएको छ ।

समितिमा उपाध्यक्ष खुल्लामा योगेन्द्र रावल, उपाध्यक्ष समावेशीमा भानबहादुर बिक, सचिवमा पुष्कर भण्डारी, सह-सचिव कञ्चन थापा मगर, कोषाध्यक्षमा राम बहादुर खत्री, त्यस्तै सदस्यहरुमा आशिष मल्ल, गणेशबहादुर थापा मगर, पदम जोरा, गजेऽ ऐर, कलावती देउवा, प्रमिता ऐरी, र रविना आले चयन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?