+
+

नेकपा र कांग्रेसद्वारा प्रदेशसभा २ अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १९ गते १४:००

१९ असोज, जनकपुर । नेपाल कम्युनिस्ट पार्टी र नेपाली कांग्रेसले प्रदेश २ को प्रदेश सभा बैठक अवरुद्ध पारेका छन् ।

दुवै पार्टीका सांसदहरुले सरकारको काम कारवाहीको विरोध गर्दै प्रदेश सभा बैठक अवरुद्ध गरेका हुन् ।

बैठक सुरु भएलगत्तै सभामुखसँग विशेष समय लिएर बोल्दै नेपाली कांग्रेसका सांसद शिवचन्द्र चौधरीले सरकारको विरोध गर्दै बैठक अवरोध गर्ने बताएका थिए ।

त्यसपछि नेकपाका सचेतक सुन्दर विश्वकर्मा र सांसद रामचन्द्र मण्डले सरकारको बजेट लगायतको विषयमा आलोचना गरेका थिए । विपक्षी पार्टीका सांसदहरुले अवरोध गरेपछि सभामुखले बैठक आधा घण्टाका लागि स्थगित गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?