१९ असोज, काठमाडौं । नेपालका लागि सुजुकीका चार पाङ्ग्रे सवारी साधनको आधिकारिक विक्रेता तथा सिजी होल्डिंगको अटोमोबिल विभाग सिजी मोटोकोर्पले विभिन्न विधाका ५ उत्कृष्ट अवार्ड हात पार्न सफल भएको छ ।
कम्पनीले २०१७ को सर्वाधिक पार्ट्स विक्री वितरण प्रति साधन दक्षिण एसिया, २०१७ को सर्वाधिक मर्मत अर्डर वृद्धि दक्षिण एसिया, २०१७ को सर्वाधिक नेटवर्क विस्तार पुरस्कार जित्न सफल भयो ।
त्यसैगरी २०१७ को सर्वाधिक बजार सेयर तथा २०१७ को सर्वाधिक विक्री वितरण उपाधिमा द्वितीय स्थान हात पार्न सफल भएको छ ।
यही २७–२८ सेप्टेम्बरमा नयाँ दिल्लीमा आयोजित उक्त अवार्ड समारोहमा उत्कृष्ट नामहरु अफ्रिका, मध्य पूर्व तथा दक्षिण एसियाका प्रतिनिधिका रुपमा सहभागी ६० भन्दा बढी सुजुकी कार विक्रेताहरुमध्ये छनौट गरिएको थियो ।
सिजी मोटोकोर्पका कार्यकारी निर्देशक करण चौधरीले भने, “हामी यस अवार्र्ड हाम्रा मूल्यवान् ग्राहकवर्गलाई समर्पण गर्न चाहन्छौँ जसले सुजुकी ब्राण्डलाई आफ्नो जीवनको सदस्यको रुपमा रोज्नुभयो ।
ग्राहकहरुको यस सुजुकी ब्राण्डसँगको अनुभवलाई अविस्मरणीय बनाउन सहयोग पु¥याउने हाम्रो सम्पूर्ण टोलीको योगदान प्रशंसनीय छ ।”