+

नेपाल समूह चरणबाटै बाहिरियो

२०७५ असोज  २० गते २१:१८ २०७५ असोज २० गते २१:१८
नेपाल समूह चरणबाटै बाहिरियो

काठमाडौं । लगातार दोस्रो हारसँगै डिफेण्डिङ च्याम्पियन नेपाल बंगबन्धु गोल्डकपको समूह चरणबाटै बाहिरिएको छ ।

शनिबार भएको खेलमा प्यालेस्टाइनले नेपाललाई १-० गोल अन्तरले हराएको हो । नेपालले पहिलो हाफ गोलरहिथ बराबरी खेलेको नेपालले ६९ औं मिनेटमा गोल खाएको थियो ।

यसअघि पहिलो खेलमा नेपाल ताजकिस्तानसँग पराजित भएको थियो ।

हारपछि प्रशिक्षक बालगोपाल महर्जनले प्रतियोगिताका लागि तयारी नपुगेको बताए ।

साविकको विजेता भएपनि नेपालले यो सिजन बंगबन्धु कप खेल्ने नखेल्ने निकै ढिलो मात्र टुंगो लागेको थियो । गत वर्षको उपाधिसँगै पाएको पुरस्कार रकम मध्ये आधा आउन बाँकी रहेकाले नेपालले त्यो रकम नआएर यो संस्करण नखेल्ने बताएको थियो । नेपालले दिएको अल्टिमेटमको अन्तिम समयमा रकम आएपछि टिम त पठायो तर, राम्रो प्रदर्शन गर्न सकेन ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय