+
+

फोहर प्रभावित ओखरपौवाका बासिन्दालाई महानगरको एम्बुलेन्स

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २२ गते १०:५५

२२ असोज, नुवाकोट । काठमाडौं उपत्यकाको फोहर विसर्जन गरिँदै आएको नुवाकोटको ककनी गाउँपालिकाको प्रभावित बासिन्दालाई सेवा पुर्याउन काठमाडौँ महानगरपालिकाले एक थान एम्बुलेन्स उपलब्ध गराएको छ ।

फोहर प्रभावित बासिन्दाले लामो समयदेखि माग गर्दै आएको एम्बुलेन्स पूर्वसहमतिअनुसार आइतबार महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ककनी गाउँपालिकाका अध्यक्ष मानबहादुर लामालाई प्रदान गरे ।

फोहर प्रभावित बासिन्दा बिरामी हुँदा अस्पताल लैजान हुँदै आएको कठिनाइ समाधानका लागि उक्त एम्बुलेन्स प्रदान गरेको र पूर्वसहमतिहरू आगामी दिनमा क्रमशः कार्यान्वयन गर्दै अघि बढ्ने प्रमुख शाक्यले बताए ।

कार्यक्रममा ककनीका अध्यक्ष तामाङले दुई वर्षको लागि भनेर फोहर फाल्न थालिएको सिसडोलमा निरन्तर १३ वर्षसम्म फालिदै आएकाले पूर्वाधार सुधार एवं विकल्पमा पहिचान गरिएको स्थान बञ्चरेडाँडामा लैजानका लागि तयारी थाल्न आग्रह गरे ।

२०६२ जेठ २२ गतेदेखि काठमाडौं उपत्यकाको फोहर विसर्जन गर्न थालिएको यहाँको ककनी गाउँपालिकाका–१ र २ मा पर्ने ओखरपौवाको सिसडोलमा हाल दैनिक करीब एक हजार मेट्रिकटन फोहर फालिँदै आएको छ ।

सिसडोल भरिन अब दुई महीना मात्र बाँकी भए पनि विकल्पको स्थानमा पूवार्धार तयार गर्न ढिलाइ भइरहेको छ ।

सिसडोलदेखि करीब दुई किलोमिटर दूरीमा पर्ने ओखरपौवाको बञ्चरेडाँडामा २५ वर्षसम्म फोहर फाल्न सकिने विकल्प देखिए पनि पूर्वाधार निर्माण अन्योल छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?