+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

हृयुम पाइपले किचेर चार बालबालिका घाइते

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २२ गते १९:३२

वीगरञ्ज । वीरगञ्ज महानगर ९ स्थित रातो बंगला परिसरमा हृयुम पाइपले किचेर चार बालबालिका घाइते भएका छन् ।

मझौला एकीकृत शहरी वातावरणीय सुधार परियोजनाका लागि हृयुम पाइपहरु रातो बंगला परिसरमा थुपारेर राखिएको छ । त्यहाँ खेल्ने क्रममा हृयुम पाइप गुडेर बालबालिकालाई किचेको प्रहरीले जनाएको छ ।

महानगरपालिकाको क्रेन लगेर उनीहरुको उद्दार गरिएको छ । घाइते मध्ये ९ वर्षीया आयुषा यादव र ८ वर्षका रोहित राउतको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । आयुषाको अनुहार, खुट्टामा चोट लागेको छ भने रोहितको हातमा चोट लागेको छ ।

यस्तै जिरा भवानी १ का गोविन्द चौधरीका दुई छोरी पनि घाइते भएका छन् । १० वर्षकी अनुष्काको एउटा खुट्टा भाँच्चिएको छ भने ७ वर्षीया अंकिताको टाउकोमा चोट लागेको छ ।

दुबैको वीरगञ्ज हेल्थ केयरमा उपचार भइरहेको डीएसपी सत्यनारायण थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?