+
+
Shares

सिके राउतकी छोरी रेवती आमालाई बुझाइयो

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २३ गते ४:३०

२२ असोज, राैतहट । प्रहरीले आइतबार रौटहटबाट पक्राउ परेका सीके राउतकी ४ वर्षीया छोरी रेवतीलाई आमाको जिम्मा लगाएको छ ।

जिल्ला अदालत रौतहटमा आइतबार नियमित तारिखमा उपस्थित हुन पुगेका राउतसँगै उनकी छोरीलाई पनि प्रहरीले लगेको थियो । तर, प्रहरीले गएराति नै छोरी रेवती आमालाई बुझाएको छ ।

रौतहटमा कार्यरत नेपाल प्रहरीका डीएसपी महेन्द्र मरासिनीले रेवतीलाई गएराति नै जनकपुर पठाएर आमाको जिम्मा लगाइएको जानकारी दिए ।

स्वतन्त्र मधेसको वकाल गर्दै आइरहेका राउतलाई प्रहरीले आइतबार नियमित पेशीमा उपस्थित भएर फर्कंदै गर्दा पक्रेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?