+
+

ट्याक्टर दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २३ गते १५:१६

२३ असोज, कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका २ मा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ, दुई जना घाइते भएका छन् ।

वर्दगोरिया गाउँपालिका २ फले विसौलाको लालमटियाबाट ढुंगा बोकेर बौनिया बजार तर्फ आउँदै गरेकेा से १ त ३९६९ नम्बरको ट्रयाक्टर पल्टेर च्यापिदा चालक बर्दगोरिया १ का ४० बर्षका डागु चौधरी र सोही ठाउँका सहचालक ३० बर्षका सुरज कठरियाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा स्थानीय भीम कठरिया घाइते भएको र उनको वर्दगोरिया अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?