+
+
Shares

सहन्यायाधिवक्ता पाँच लाख घुससहित पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २४ गते १५:०५

२४ असोज, पोखरा । सहन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापा पाँच लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । सरकारी वकिलको कार्यालय पोखराका सहन्यायाधिवक्ता थापालाई बुधबार बिहान अख्तियारको टोलीले पक्राउ गरेको हो ।

ठगीसम्बन्धी मुद्दा सर्वोच्च अदालतसम्म नपुर्‍याइदिने सर्तमा उनले सेवाग्राहीबाट घुस लिएकाले पक्राउ गरिएको अख्तियारका सूचना अधिकारी रमेश ढकालले जानकारी दिए । ढकालका अनुसार, थापामाथि थप अनुसन्धान सुरु गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?